
तेलुगु सुपरस्टार अजित कुमार र अभिनेत्री हुमा कुरैशी अभिनीत फिल्म ‘भलिमई’ कोरोनाकालमा सबैभन्दा ठूलो ओपनिङ गर्ने फिल्म बनेको छ । शुक्रवारबाट प्रदर्शनमा आएको फिल्मले पहिलो दिन ६२ करोड ३६ लाख कमाएको छ । फिल्मले तमिलनाडुमा मात्र ३६ करोड र चेन्नाईमा १ करोड ८४ लाखको ओपनिङ गरेको ट्रेड एनालिस्ट मनोबाला विजयबालानले जानकारी दिएका छन् ।
कोरोनाकालको समयमा रिलिज भएका साउथ फिल्महरुको ओपनिङ कलेक्सन राम्रो छ । गत वर्ष प्रदर्शन भएको ‘मास्टर’ ले पहिलो दिन तमिलनाडुमा ४२ करोड, ‘अन्नाथे’ ले ३४ करोड ९२ लाख, ‘मरक्कर : लायन अफ द अरेबियन सी’ ले ६ करोड कमाएको थियो । त्यस्तै, अल्लू अर्जुनको ‘पुष्पा’ ले ५२ करोड ५० लाख कमाउँदै यस वर्षकै सबैभन्दो ठूलो ओपनिङ गरेको थियो ।
‘भलिमई’ ले प्रदर्शनभन्दा अगाडि नै थिएट्रिकल राइट्स, सेटेलाईट राइट्स, डिजिटल प्लेटफर्म र म्यूजिक राइट्सबाट करीब ६० करोडको कमाई गरिसकेको थियो । एच विनोदकोृ निर्देशनमा बनेको फिल्ममा कार्तिकेय, योगी बाबू, सुमित्रा र पुगाजको पनि मुख्य भूमिका छ । बोनी कपूरले निर्मित फिल्ममा अजित प्रहरीको भूमिकामा रहेका छन् । फिल्मलाई दर्शकले रुचाएका छन् ।

