Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

पल शाह प्रकरण : ‘म यस्तो गीत गाउँछु २’ का निर्देशक प्रहरी नियन्त्रणमा

फिल्मीखबर, काठमाडौं, 2022/02/26
 
बुधवार जबर्जस्ती करणीको अरोपमा १७ वर्षिय नाबालिग गायिकाले तनहुँ (दमौली) को जिल्ला प्रहरी कार्यालयमा जाहेरी दिएपछि फरार रहेका अभिनेता पल शाह अभिनीत फिल्म ‘म यस्तो गीत गाउँछु २’ का निर्देशक तथा निर्माता सुदर्शन थापालाई प्रहरीले नियन्त्रणमा लिएको छ । उनलाई पल शाहको बारेमा सोधपुछका लागि प्रहरीले शनिवार नियन्त्रणमा लिएको जानकारी प्राप्त छ । 
 
सुदर्शन दिउँसो १ बजे प्राईम टाइम टेलिभिजनको कार्यक्रम ‘धमलाको हमाला’ मा अन्तर्वार्ता दिन पुगेका थिए । अन्तर्वार्ता सकिए लगत्तै प्रहरीले उनलाई सोधपुछका लागि भन्दै नियन्त्रणमा लिएको हो । सुदर्शनको फोन समेत नियन्त्रणमा लिएर उनीसँग नयाँ बानेश्वर प्रहरीले सोधपुछ गरिरहेको बताइएको छ । नायिका पूजा शर्मालाई पनि सोधपुछका लागि बोलाउने तयारीमा प्रहरी छ ।
 
करणीको आरोपमा जाहेरी परेपछि प्रहरीले पललाई तीव्र रुपमा खोजिरहेको छ । प्रहरीले देशभरका प्रहरी कार्यालयमा उनलाई पक्राउ गर्न सर्कुलर समेत जारी गरेको छ । तर, तीन दिन वितिसक्दा पनि उनी पक्राउ पर्न सकेका छैनन् । प्रहरीका अनुसार, पलको अन्तिम लोकेसन बुधबार राति साढे १० बजे बालकुमारीमा देखिएको थियो । सो समयमा उनले मोवाइल अन गरेका थिए ।
Most Visited News (monthly)