Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

पल शाहलाई अनुसन्धानका लागि तनहुँबाट गैंडाकोट लगियो

फिल्मीखबर, काठमाडौं, 2022/03/08
म आँचलको बिहेमा नगएर दुश्मन बनेको छैन : पल शाह
 
एक नाबालिगलाई जबर्जस्ती करणी गरेको आरोपमा अभिनेता पल शाहलाई तनहुँबाट नवलपरासीको गैंडाकोट लगिएको छ । फागुन ११ गते तनहुँ जिल्ला प्रहरीमा पलविरुद्ध जाहेरी दिएकी ती नाबालिगले फागुन १६ गते गैंडाकोट प्रहरी कार्यालयमा पनि जबर्जस्ती करणीको आरोपमा जाहेरी दिएकी थिइन् । मंगलवार तनहुँ प्रहरीले पललाई अनुसन्धानका लागि गैंडाकोट लगेको हो । 
 
अब पललाई गैंडाकोट प्रहरीले केही दिन हिरासतमा राखेर अनुसन्धान गर्नेछ । पल फागुन ११ गतेदेखि तनहुँ प्रहरीको हिरासतमा थिए । तनहुँ जिल्ला अदालतले उनलाई थप १२ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ । यसअघि अदालतले प्रहरीलाई एक हप्ताका लागि अनुसन्धानको समय दिएको थियो । प्रहरीलाई २४ दिन थुनामा राखेर अनुसन्धान गर्ने अनुमति हुन्छ ।
 
नाबालिगले गैंडाकोट प्रहरी कार्यालयमा दिएको जाहेरीमा पल शाहले २०७७ चैत ७ गते जबरजस्ती मादक पदार्थ सेवन गर्न लगाएर करणी गरेको र शाहले जबरजस्ती करणी गर्ने उद्देश्यले रिसोर्टमा थप एक दिन बस्न लगाएको उल्लेख छ । नवलपरासी र तनहुँ दुवै प्रहरी कार्यालयमा पीडितका पिताले जाहेरी दिएका हुन् । गैंडाकोटमा अनुसन्धानपछि पललाई फेरि तनहुँ लगिने बताइएको छ ।
Most Visited News (monthly)