Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

आँचलको वर बन्दै विवेक

फिल्मीखबर, काठमाडौं, 2022/03/09
aanchal sharma and bibek karmacharya
 
निर्देशक मिलन चाम्सको निर्देशनमा बन्न लागेको फिल्म ‘वर एण्ड वधु’मा मुख्य नायकको रुपमा विवेक कर्मचार्यको प्रवेश भएको छ । उनले यही फिल्मबाट नायकको रुपमा डेब्यू गर्न लागेका हुन् । फिल्ममा उनको जोडी अभिनेत्री आँचल शर्मासँग बाँधिनेछ । माला आर्टस एकेडेमीबाट अभिनयमा स्नातक गरेका विवेकले विगत केही समयदेखि फिल्मका लागि तयारी गरिरहेका थिए ।
 
केही दिनमा छायांकन सुरु हुन लागेको फिल्मलाई कमेडी र लभस्टोरी कथामा निर्माण गरिँदैछ । एल आर के इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण हुने फिल्मका लागि आँचल शर्माले १० केजी तौल घटाएकी छन् । फरक कथामा बन्न लागेको फिल्मका कारण आफू उत्साहित भएको आँचलको भनाई छ । कोरोना महामारीपछि उनले पहिलो पटक नेपाली फिल्ममा काम गर्न लागेकी हुन् ।
 
पछिल्लो समय नेपाली फिल्ममा नयाँ नायकको अभाव भइरहेको समयमा विवेकले नयाँ सम्भावना देखाउन सक्ने निर्देशक चाम्सको विश्वास छ । मिलनले फिल्म ‘गोर्खा वारियर २’को केही प्रतिशत छायांकन थाती राख्दै ‘वर एण्ड वधु’को छायांकन सुरु गर्न लागेका हुन् । योसँगै एक फुटबलरको बायोपिक र अभिनेत्री साम्राज्ञी आरएल शाहसँगको फिल्म पनि उनको पाइपलाइनमा रहेको छ ।
Most Visited News (monthly)