Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘षट्कोण’ गीत : हत्याको रहस्य पत्ता लगाउँदै कर्मा

फिल्मीखबर, काठमाडौं, 2022/04/25
karma
 
यही बैशाख २३ गतेबाट प्रदर्शनमा आउने तयारीमा रहेको साइकोलोजिकल थ्रिलर फिल्म ‘षट्कोण’को प्रमोशनल गीत सार्वजनिक भएको छ । ‘रहस्य’बोलको र्‍याप गीतमा युनिक पोइटको शब्द रचना र स्वर छ भने विशेष पाण्डेले संगीत भरेका छन् । गीतको भिडियोमा एक मर्डर मिस्ट्री (हत्या) को रहस्य पत्ता लगाउन मैदानमा उत्रिएको पत्रकारको उचार-चढावलाई प्रस्तुत गरिएको छ । 
 
फिल्ममा अभिनेता कर्मा एक हत्याको अनुसन्धान गरिरहेको पत्रकारको भूमिकामा छन् । फिल्मलाई मिलन डि काप्रिले निर्देशन गरेका हुन् । उनको यो डेब्यू निर्देशित फिल्म हो । फिल्मको बारेमा उनी भन्छन्, ‘६ वटा कोण भएकोलाई षट्कोण भनिन्छ । फिल्ममा पनि ६ वटा क्यारेक्टरलाई एउटा हत्याको घटनाले जोडेको छ । यो एक्सपेरिमेन्टल फिल्म हो । कमर्शियल फिल्म होइन ।’
 
क्लेमेन्टाइन प्रोडक्सन र ट्राभलर्स क्रिउ फिल्मस्को ब्यानरमा बनेको फिल्ममा कर्मासँगै भोलाराज सापकोटा, लोकेन्द्र लेखक, सुयशा अधिकारी, विराज कडरिया, शिशिर लिम्बु वानेम, बाल कलाकार असिम लामाको अभिनय छ । फिल्ममा शिशिर लिम्बु वानेमको कथा तथा पटकथा, महेश दवाडीको संवाद, आङ्छेन लामाको छायांकन, सागर खनाल र मिलन डि काप्रिको सम्पादन रहेको छ ।
 

Most Visited News (monthly)