Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 1.00/5.00)
Text size:-
+
-

ऋचाको ‘कौसीद’ रिलिज स्थगित

फिल्मीखबर, काठमाडौं, 2022/04/28
reecha sharma(4)
 
अभिनेत्री ऋचा शर्मा अभिनीत तथा निर्मित फिल्म ‘कौसीद’को रिलिज रोकिएको छ । आगामी जेठ २७ गतेलाई प्रदर्शन मिति घोषणा गरिएको फिल्म पूर्वनिर्धारित मितिमा प्रदर्शन नहुने भएको हो । पोस्ट प्रोडक्सन (साउण्डदेखि कलरसम्म) को काम सकिन समय लाग्ने र पब्लिसिटीका लागि पर्याप्त समय नपुग्ने भएपछि रिलिज स्थगन गरिएको निर्देशक कुमार भाष्करले जानकारी दिए । 
 
अब फिल्मलाई नेपालभन्दा पहिला विदेशी भूमिमा प्रदर्शन गरिने भएको छ । जापान र अष्ट्रेलियामा फिल्मको प्रिमियर हुने निश्चित भइसकेको निर्देशक भाष्करले बताए । विदेशमा प्रदर्शन गरेपछि आगामी मंसिरमा फिल्मलाई नेपालमा प्रदर्शन गर्ने निर्माण टिमको तयारी छ । फिल्ममा ऋचासँगै भोलाराज सापकोटा, रुपेश दाहाल, परिक्षित विक्रम राणा, सदिक्षा गौतम लगायतको अभिनय छ । 
 
केदार भुसाल निर्माता रहेको फिल्मको कार्यकारी निर्मातामा दिमेश श्रेष्ठ र सह(निर्मातामा लक्ष्मण बानियाँ रहेका छन् । फिल्मको कथा लेखन नव विजय प्रकाश श्रेष्ठ र धिर्जन थपलियाले गरेका छन् । निसाल पौडेलले छायांकन गरेको फिल्ममा मित्र डि. गुरुङ र भिम विश्वकर्माको सम्पादन छ । बड पिक्चर्सको ब्यानरमा निर्मित फिल्मलाई आर.आर फिल्मसले वितरण अधिकार लिएको छ ।
Most Visited News (monthly)