Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

६५ करोडमा अमेजनले किन्यो ‘कुली नम्बर १’

एजेन्सी, मुम्बई, 2020/08/26
 
वरुण धवन स्टारर फिल्म ‘कुली नम्बर १’ ओटीटी प्लेटफर्ममा रिलिज हुने भएको छ । अमेजन प्राइममा फिल्म रिलिज हुन लागेको हो । सेप्टेम्बरको पहिलो हप्ता फिल्मको रिलिज डेट घोषणा हुने बताइएको छ । अहिले ‘मिर्जापुर २’ को प्रमोशन चलिरहेका कारण अमेजनले ‘कुली नम्बर १’ को रिलिज डेट घोषणा गर्न नसकेको हो । फिल्मको ओटीटी राइट्स महंगा मुल्यमा विक्री भएको छ ।
 
‘शकुन्तला देवी’ ५० करोडमा किनेको अमेजनले वरुणको फिल्मलाई ६५ करोड तिरेको छ । योसँगै ‘कुली नम्बर १’ अमेजनमा यो वर्ष सबैभन्दा महंगोमा विक्री हुने पहिलो फिल्म बनेको छ । आयुष्मान खुराना र अमिताभ बच्चनको ‘गुलाबो सिताबो’ लाई ४० करोड तिरेको यो प्लेटफर्मले कोरोना महामारीपछि बलिउडका  ठूला फिल्मको डिजिटल राइट्स खरिद गर्दै आएको छ ।
 
निर्माता वाशु भगनानीले ‘कुली नम्बर १’ लाई अन्तिम समयसम्म पनि सिनेमा हलमा रिलिज गर्न चाहेका थिए । उनी सिनेमा हलका सञ्चालकहरुसँग निरन्तर सम्पर्कमा थिए । तर, उनले राखेका विभिन्न सर्तमा हल सञ्चालक सहमत नभएपछि फिल्म ओटीटी प्लेटफर्ममा रिलिज हुन लागेको हो । डेविड धवनले निर्देशन गरेको फिल्ममा वरुणको जोडी सारा अली खानसँग बाँधिएको छ ।
Most Visited News (monthly)