Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

विद्यालयको पाठ्यक्रममा फिल्म समावेश हुने

फिल्मीखबर, काठमाण्डौ, 2020/08/27
 
आगामी शैक्षिकसत्रदेखि विद्यार्थीहरुले फिल्म पढ्न पाउने भएका छन् । आम मानिसलाई नेपाली फिल्मको इतिहास र प्राविधिकलगायतका पक्षमा जानकारी दिने उद्येश्यले विद्यालयको पाठ्य पुस्तकमा फिल्मलाई समेट्न लागिएको हो । पाठ्यक्रम विकास केन्द्रसँग फिल्मलाई पाठ्यक्रममा समावेश गर्ने मोटामोटी सहमति भएको चलचित्र विकास बोर्डले जानकारी दिएको छ । 
 
यसका लागि पाठ्यक्रम विकास केन्द्रले बोर्ड अध्यक्ष दयाराम दाहाललाई पाठ्यक्रम निर्माण समितिको पदेन सदस्यको रुपमा आमन्त्रित गरेको छ । अध्यक्ष दाहालले पाठ्यक्रम विकास केन्द्रसँग यसबारेको छलफल करिब अन्तिम चरणमा पुगिसकेको जानकारी दिएका छन् । यस वर्ष ढिला भइसकेका कारण अर्को वर्षदेखि फिल्मलाई पाठ्यक्रममा समावेश गरिने उनले बताए ।
 
विद्यालय तहको पाठ्यक्रममा फिल्म समावेश गर्ने सहमति भए पनि कलेजमा के गर्ने भन्ने विषयमा टुंगो नलागेको उनको भनाई छ । आउँदो वर्षबाट पाठ्यक्रममा फिल्मलाई समावेश गर्ने पहलमा आफू रहेको र सम्भव भए १०० पूर्णाङ नभए ५० पूर्णाङको पाठ्यक्रम बनाउने पहल भइरहेको उनले बताएका छन् । उनी अहिले पाठ्य पुस्तक लेखकहरुसँग पनि छलफल गरिरहेका छन् ।
 
कोरोनाको प्रभाव कम भएपछि आगामी वर्षका लागि पाठ्यक्रम निर्माणको काम सुरु हुने बोर्ड अध्यक्ष दाहाल भनाई छ । फिल्म सम्बन्धि अध्ययन गर्दै आएका कलेजको पाठ्यक्रम पनि परिमार्जन हुने उनले बताए । स्कुल तथा कलेजमा फिल्मको विषयमा शिक्षा सुचारु गर्न सके नेपाली कला, संस्कृति र साहित्यको महत्व बढ्ने र नेपालमा फिल्म कल्चरको विकास हुने उनको विश्वास छ ।
Most Visited News (monthly)