
संचारकर्मी राजमी ज्ञवालीको निर्देशनमा बनेको नेपाली लघु चलचित्र ‘डार्क मून’ सार्वजनिक भएको छ । इन्टरनेटमा सार्वजनिक चलचित्रले एउटी आमाले सन्तानप्रतिको दायित्व बिर्सदा सन्तानमा पर्ने असरलाई मूख्य रुपमा उठान गरिएको छ ।

कोरोनाका कारण लकडाउन भएपछि रोजीरोटी गुमेका फिल्म प्राविधिकहरुलाई ५ लाख बराबरको खाद्यन्न सहयोग गरेका अभिनेता पल शाहले शनिवार कालिकोटका बाढी पीडितलाई राहत सामाग्री वितरण गरेका छन् । बुधवार खाद्यान्न र लत्ता कपडा बोकेर काठमाडौंबाट हिँडेका उनले बाढी पहिरोबाट प्रभावित भएका कालिकोटका ४० घर परिवारलाई सहयोग गरेका हुन् ।

आइतवार आफ्नो जन्मदिन मनाइरहेकी ‘छक्का पञ्जा’ सिरिजकी निर्देशक दीपाश्री निरौला गएको महिना एक टेलिभिजन अन्तर्वार्तामा दिएको अभिव्यक्तिका कारण विवाद र आलोचनाको पात्र बनिन् । अभिनेता राजेश हमालको महानायक पदवीमाथि प्रश्न उठाएपछि सामाजिक सञ्जाल प्रयोगकर्ता उनीमाथि गालीगलौजमा उत्रिए । उनलाई अश्लिल गालीको समेत वर्षा भयो ।

साउथका चर्चित अभिनेता चिरञ्जिवीले २२ अगस्ट अर्थात् आज आफ्नो ६५औं जन्मदिन मनाउँदैछन् । सन् १९७८ देखि अभिनयमा सक्रिय उनको आज पनि स्टारडममा कुनै कमी आएको छैन । उनको अभिनय र एक्सन गर्ने शैलीको दर्शकमाझ निकै चर्चा हुने गरेको छ । गएको वर्ष प्रदर्शनमा आएको उनी अभिनीत फिल्म ‘साय रा नरसिम्हा रेड्डी’ बक्सअफिसमा सफल भएको थियो ।

कोरोनाको संक्रमण फैलिन नदिन सरकारले लकडाउन गरेपछि फिल्ममा काम गरेर परिवारको गुजरा चलाउँदै आएका हजारौं प्राविधिकको रोजीरोटी गुम्यो । आर्थिक अवस्था कमजोर भएका प्राविधिकलाई बिहान बेलुका हातमुख जोड्न पनि समस्या भएपछि अभिनेता पल शाहले ५ लाख बराबरको खाद्यन्न सहयोग गरे । उनको यो कार्यको फिल्मकर्मी र दर्शकले प्रशंसा गरेका थिए ।

कोभिड १९ का कारण फिल्म क्षेत्रमा ५ महिनादेखि कुनै प्रकारका गतिविधि भएका छैनन् । फिल्म निर्माण/प्रदर्शन रोकिँदा कलाकारहरु फुर्सदिला भएका छन् । हजारौं प्राविधिकको रोजीरोटी गुमेको छ । यो अवस्था अझै कहिलेसम्म रहन्छ, अहिले नै भन्न सक्ने अवस्था छैन । दिन-प्रतिदिन बढिरहेको संक्रमितको संख्या हेर्दा दशैंअघि फिल्म क्षेत्र खुल्ने सम्भावना न्यून देखिन्छ ।

