Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 7711 - 7716 of 23769
फिल्मीखबर, काठमाण्डौ, 2020-09-14, सोमवार

फिल्म क्षेत्रमा कलाकारबीच सुमधुर सम्बन्ध कायम भएको विरलै देख्न पाइन्छ । केही कलाकार भने एकअर्कासँग नजिक पनि छन् । पुष्प खड्का र पल शाह, पूजा शर्मा र शिल्पा पोखरेल, रीमा विश्वकर्मा र केकी अधिकारी, स्वस्तिका खड्का र नाजिर हुसेनलगायतका कलाकारको एकअर्काबीच प्रगाढ सम्बन्ध छ । तर, फिल्म क्षेत्रमा मित्रता र दुश्मनी दिगो हुँदैन भन्ने गरिन्छ । 

फिल्मीखबर, काठमाण्डौ, 2020-09-14, सोमवार

नेपाली फिल्ममा स्टार किड्सको प्रवेश बढ्दो छ । अनमोल केसी, सुहाना थापा, सलोन बस्नेतलगायत धेरै स्टार किड्स फिल्म अभिनयमा होमिसकेका छन् । सदावहार अभिनेत्री करिश्मा मानन्धरकी छोरी कविताले पनि फिल्म ‘एउटा यस्तो प्रेम कहानी’ बाट अभिनेत्रीको रुपमा डेब्यू गर्दै थिइन् । तर, यो फिल्म छायांकनकै क्रममा रोकिएपछि उनको अभिनेत्री बन्ने सपना अधुरै रह्यो ।

फिल्मीखबर, काठमाण्डौ, 2020-09-14, सोमवार
अभिनयमा आफूलाई प्रमाणित गरिसकेकी अभिनेत्री नीता ढुंगाना सोमवार आफ्नो जन्मदिन मनाउँदैछिन् । अघिल्ला वर्षमा आफ्नो जन्मदिनमा विशेष कार्यक्रम राख्ने गरेकी उनी यसपटक कोरोनाका कारण सामान्य रुपमा मनाउँदैछिन् । भलाद्मी अभिनेत्रीको रुपमा चिनिएकी उनलाई फिल्मकर्मी तथा दर्शकहरुले सामाजिक सञ्जालको माध्यमबाट जन्मदिनको शुभकामना दिइरहेका छन् ।
एजेन्सी, मुम्बई, 2020-09-13, आईतवार

अभिनेता शाहरुख खान लामो समयपछि पर्दामा फर्किँदैछन् । निकै आश गरेको फिल्म ‘जिरो’ ले बक्सअफिसमा खराब प्रदर्शन गरेपछि निराश भएका उनी अब एक्सन फिल्म ‘पठान’ मा देखिने भएका छन् । यशराज फिल्मस्को ब्यानरमा निर्माण हुने फिल्ममा अभिनेता जोन अब्राहम पनि हुनेछन् । यो फिल्मको घोषणा अर्को महिना यशराज फिल्म्सको ५०औं एनिभर्सरीमा गरिनेछ ।

फिल्मीखबर, काठमाण्डौ, 2020-09-13, आईतवार

अभिनेत्री आँचल शर्माले दुई वर्ष लामो प्रेम सम्बन्धलाई गत वर्ष विवाहमा परिणत गरिन् । आफ्नो तौल घटाउने टिप्स लिन उनी फेसबुकको माध्यमबाट उदिप श्रेष्ठसँग जोडिएकी थिइन् । अन्ततः उनै आँचलका जीवनसाथी बने । यो जोडीले गत वर्षको फागुन अन्तिममा लगनगाँठो कसेका हुन् । यसको केही दिनमा देश लकडाउन भएपछि उनीहरु हनिमुनमा निस्कन पाएका छैनन् ।

फिल्मीखबर, काठमाडौं, 2020-09-13, आईतवार

निर्माण नहुँदैदेखि चर्चाको केन्द्रमा रहेको फिल्म ‘हुतुतु’ को कोरोनाको महामारीपछि छायांकन सुरु हुँदैछ । ‘प्रेमगीत’ को सिरिज निर्माण गर्दै आएको आशुसेन फिल्मस्ले पहिलो पटक पूर्ण कमेडी विषयवस्तुमा निर्माण गर्न लागेका कारण यो फिल्मप्रति सबैको चासो छ । त्यसमाथि फिल्मका लागि अनुबन्ध भएका पुरुष कलाकारको लामले ‘हुतुतु’ लाई निर्माण अगावै प्रतिक्षीत बनाएको छ ।

Results : 7711 - 7716 of 23769
Most Visited News (monthly)