Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 7699 - 7704 of 23769
फिल्मीखबर, काठमाण्डौ, 2020-09-17, बिहिवार

म्यूजिक भिडियोको दुनियाँमा आँचल शर्माभन्दा अगाडि पल शाहले आफ्नो उपस्थिति जनाए पनि फिल्म करिअर भने उनीहरुले एकसाथ सुरु गरेका थिए । विकासराज आचार्य निर्देशित फिल्म ‘नाईं नभन्नू ल ४’ बाट यो जोडीले अभिनेता-अभिनेत्रीको रुपमा ब्रेक पाएका थिए । यो फिल्मको सफलतापछि उनीहरुलाई लिएर फिल्म निर्माण गर्न निर्माताबीच हानाथाप भएको थियो । 

फिल्मीखबर, काठमाण्डौ, 2020-09-17, बिहिवार
फिल्मीखबर, मुम्बई, 2020-09-16, बुधवार

अभिनेता सुशान्त सिंह राजपूतको निधनपछि लामो समय बलिउडमा नेपोटिज्मको बहस चर्कियो । जब रिया चक्रवर्तीले सुशान्तले ड्रिग्स प्रयोग गर्ने गरेको खुलासा गरिन्, त्यसपछि बलिउडको अध्यारो पाटो बाहिर आएको छ । यो विषय यतिबेला राजनीतिक मुद्धा बनेको छ । अभिनेता रवि किशनले संसद्मा बलिउडमा ड्रग्स अन्त्य गर्ने बताएपछि जया बच्चनले आक्रोश व्यक्त गरिन् । 

फिल्मीखबर, काठमाण्डौ, 2020-09-16, बुधवार

अभिनेत्री रेखा थापाको स्टारडम कमजोर हुन थाल्नु र अभिनेत्री प्रियंका कार्कीको लोकप्रियता चुलिनु लगभग एकै समयमा भएको थियो । यसकारण पनि कतिपय रेखालाई विस्थापित गर्ने अभिनेत्रीको रुपमा प्रियंकालाई लिने गरेका छन् । ‘नाईं नभन्नू ल’ सिरिजमा काम गरेपछि एकाएक चर्चामा आएका उनलाई ‘झोले’, ‘छक्का पञ्जा’ लगायतका फिल्मले सफलताको उत्कर्षमा पुर्‍याएका थिए । 

फिल्मीखबर, काठमाडौं, 2020-09-16, बुधवार

सरकारले असोज पहिलो हप्ताबाट लामो दूरीका सवारी साधन र हवार्ड उडानका लागि अनुमति दिएको छ । तर, ६ महिनादेखि ठप्प रहेको फिल्म क्षेत्रले सञ्चालनको अनुमति पाएको छैन । फिल्मकर्मीहरुले दबाब दिन नसकेका कारण पनि सरकार फिल्म क्षेत्रको बारेमा गम्भीर देखिएको छैन । फिल्म क्षेत्रमा कुनै गतिविधि नहुँदा हजारौं प्राविधिक भोकले सडकमा आइसकेका छन् ।

फिल्मीखबर, काठमाण्डौ, 2020-09-16, बुधवार

अभिनेत्री उषा रजक सवारी दुर्घटनामा परी घाइते भएकी छन् । मंगलवार एक म्यूजिक भिडियोका लागि पहिरन छनोट गरेर घर फर्किने क्रममा सानेपामा विपरित दिशाबाट आएको स्कूटरले उषा सवार स्कूटरलाई ठक्कर दिएको हो । दुर्घटनापछि उनले प्रहरीमा उजुरी दिएकी थिइन् । उनको स्कूटरलाई ठक्कर दिने स्कूटरका चालकसँग लाइसेन्स नभएको जानकारी प्राप्त छ ।

Results : 7699 - 7704 of 23769
Most Visited News (monthly)