Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 7717 - 7722 of 23769
फिल्मीखबर, काठमाण्डौ, 2020-09-13, आईतवार

करीब तीन दशकभन्दा लामो समय फिल्म क्षेत्रमा बेथित गरिसकेकी अभिनेत्री करिश्मा मानन्धरले केही वर्षयता अध्ययनका कारण अभिनयबाट दुरी बनाएकी छन् । पछिल्लो पटक फिल्म ‘जात्रै जात्रा’ को ‘माया पिरिम’ बोलको गीतमा देखिएकी उनले राजनीतिमा पनि आफ्नो उपस्थिति जनाइसकेकी छन् । तर, फिल्म अभिनयमा झैँ उनको राजनीति करिअर भने सुखद बन्न सकेन । 

एजेन्सी, मुम्बई, 2020-09-12, शनिवार

कोरोना भाइरसको माहोलबीच सैफ अली खान, रानी मुखर्जी, सिद्धान्त चतुर्वेदी र शरवरी वाघले फिल्म ‘बन्टी और बबली २’ को छायांकन पूरा गरेका छन् । फिल्मको पूरै छायांकन स्टूडियोभित्र गरिएको छ । छायांकनका लागि यशराज फिल्म्सले सेटमा सबै सुरक्षा उपाय पालना गरेको थियो । प्रोडक्शन हाउसले सेटमा उपस्थिति हरेक एक सदस्यको कोरोना परीक्षण गराएको थियो । 

फिल्मीखबर, काठमाडौं, 2020-09-12, शनिवार

विगत ६ महिनादेखि भयावह रुपमा फैलिएको कोरोना भाइरसका कारण हरेक नेपालीको जीवन कष्टकर बनेको छ । कोरोनाको भयका कारण कोही निर्धक्क घरबाहिर निस्कन सकेका छैनन् । हरेक क्षेत्र ठप्प छन् । दैनिक श्रम गरेर परिवारको गुजरा चलाउने श्रमिकहरुको रोजीरोटी गुमेको छ । यतिबेला देशमा आम मानिसलाई रोगभन्दा भोकको चिन्ताले नराम्रोसँग सताउन थालेको छ ।

फिल्मीखबर, काठमाडौं, 2020-09-12, शनिवार

दर्जनौं नेपाली फिल्मको दृश्य सम्पादन गरेका अनिल गौतमको दुर्घटनामा परी मृत्यु भएको छ । शुक्रवार साँझ कार्यालयबाट घर फर्किने क्रममा टिपरको ठक्करबाट उनको मृत्यु भएको हो । केही समययता प्राइम टेलिभिजनमा सम्पादकको रुपमा कार्यरत गौतम सवार बा २९ प १४७९ नम्बरको मोटरसाइकललाई प्रदेश ३ ०१ क ४५६३ को ट्रिपरले कोटेश्वरमा ठक्कर दिएको थियो ।

एजेन्सी, मुम्बई, 2020-09-11, शुक्रवार

दुई वर्ष अगाडि मिटू मुभमेन्टको बहसले बलिउड तातेको थियो र यसमा कयौं बलिउड कलाकारको नाम मुछिएको थियो । यसैक्रममा निर्माता तथा निर्देशक साजिद खानमाथि एक मोडल तथा अभिनेत्रीले यौन शोषणको आरोप लगाएकी थिइन् । त्यसबेला उनी ‘हाउसफुल ४’ को निर्देशन गरिरहेका थिए । यो आरोप लागेपछि उनले फिल्म निर्देशनबाट हात झिक्नु परेको थियो ।

फिल्मीखबर, काठमाण्डौ, 2020-09-11, शुक्रवार

नेपाली समाजमा पशुपन्छी र जनावरहरूलाई प्रेम र घृणा गर्ने दुवैथरी मानिस छन् । कसैलाई जनावर भनेपछि यतिसम्म घृणा पैदा हुन्छ कि मरासन्न हुने गरी कुटपिटमा उत्रन्छन् । कसैले भने आफ्नो सन्तान झैँ जनावरलाई पालेको पनि देखिँदै आएको छ । विशेषगरि कलाकारहरुमा जनावर प्रेम बढी देख्न पाइन्छ । विदेशी कलाकार झैँ नेपाली कलाकारमा पनि जनावर प्रेम गजब छ ।

Results : 7717 - 7722 of 23769
Most Visited News (monthly)