
गायिका म्याडोनाले आफ्नो जिन्दगी र करिअरमाथि बन्न लागेको फिल्मको निर्देशन गर्ने भएकी छन् । यो फिल्मको प्रमोसन उनले अहिले सामाजिक सञ्जालमा गरिरहेकी छन् । फिल्मको लेखन डियाब्लो कोडीले गरेका छन् । उनी अस्कार अवार्डबाट सम्मानित लेखक हुन् । म्याडोनाका लागि निर्देशन क्षेत्र नयाँ होइन । उनले यसअघि ‘डब्ल्यू ई’ फिल्मको निर्देशन गरिसकेकी छन् ।

फिल्म ‘रणवीर’ बाट सम्भावना बोकेको अभिनेत्रीको रुपमा उदाएकी सुपुष्पा भट्ट लकडाउनभन्दा अगाडि फिल्म ‘चपली हाइट ३’ को प्रचारमा व्यस्त थिइन् । तर, कोरोनाका कारण फिल्मको प्रदर्शन रोकिएपछि उनी फुर्सदिलो भइन् । लकडाउनको समय घरभित्रै विताएकी उनले ‘रणवीर’ पछि ‘छ माया छपक्कै’ मा अभिनय गरेकी थिइन् । यो फिल्ममा उनको काम रुचाइएको थियो ।

अचेल नेपाली फिल्ममा सिक्वेलको लहड चलेको अवस्थामा दशक अगाडिको सुपरहिट फिल्म ‘आँधी तुफान’ को पनि सिक्वेल निर्माण हुँदैछ । बिहीवार विश्वकर्मा पुजाको अवसरमा निर्माता तथा लेखक मौनता श्रेष्ठले फिल्मको निर्देशकमा मदन घिमिरेलाई अनुबन्ध गरेका छन् । बिहीवार उनीहरुबीच कागजी सम्झौता भएको हो । निर्देशक घिमिरेले थुप्रै हिट फिल्म दिइसकेका छन् ।

नेपाली फिल्म क्षेत्रले करीब ६ दशक लामो इतिहास बोकेको छ । ‘आमा’ देखि नेपालमा औपचारिक रुपमा फिल्म निर्माण हुन थालेको थियो । केही वर्षयता वर्षमा सरदर सयको आसपासमा फिल्म निर्माण हुने गरेका छन् । हजारौं व्यक्ति यस क्षेत्रमा आश्रित छन् । तर, आजका दिनसम्म हरेक फिल्मकर्मीले स्विकार गर्न सक्ने गरि नेपाली फिल्म क्षेत्रले स्वायत्त दिवस पाउन सकेको छैन ।

बलिउड अभिनेत्री कंगना रनावत जबदेखि सोसल मिडियाको सदस्य भइन्, तबदेखि हरेक विषयमा आफ्नो भनाई राख्दै आएकी छन् । एकातिर उनले महाराष्ट्र सरकारलाई चुनौती दिएकी छन् भने अर्कोतिर जया बच्चनको बयानलाई लिएर दिएको प्रतिक्रियाले बलिउड तरंगित बनेको छ । उनले ठाडै जयालाई ‘तपाईको छोराले आत्महत्या गरेको भए के गर्नुहुन्थ्यो’ भनेर प्रश्न गरेकी छन् ।

नेपाली चलचित्र क्षेत्रको सर्वोच्च संस्था चलचित्र विकास बोर्डले छात्रवृत्तिको लागि आवेदन आह्वान गरेको छ । यही असोज १४ गतेभित्र चलचित्र सम्बन्धि अध्ययन गरिरहेका विद्यार्थीले छात्रवृत्तिका लागि आवेदन दिन सक्ने बोर्डले जानकारी दिएको छ । बोर्डको कार्यालय वा [email protected] इमेलमार्फत् इच्छुक विद्यार्थीले अनलाइन आवेदन भर्न सक्नेछन् ।

