Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

आँचल लेख्छिन्, ‘म हाँसेको देखेर रिसाउनेलाई लभ यू’

फिल्मीखबर, काठमाण्डौ, 2020/09/13
 
अभिनेत्री आँचल शर्माले दुई वर्ष लामो प्रेम सम्बन्धलाई गत वर्ष विवाहमा परिणत गरिन् । आफ्नो तौल घटाउने टिप्स लिन उनी फेसबुकको माध्यमबाट उदिप श्रेष्ठसँग जोडिएकी थिइन् । अन्ततः उनै आँचलका जीवनसाथी बने । यो जोडीले गत वर्षको फागुन अन्तिममा लगनगाँठो कसेका हुन् । यसको केही दिनमा देश लकडाउन भएपछि उनीहरु हनिमुनमा निस्कन पाएका छैनन् ।
 
चैत पहिलो साताबाट लकडाउन भएपछि आँचल फुर्सदिलो भइन् । यो समयमा उनले श्रीमानको क्लिनिक गएर दिन काट्ने गरेकी थिइन् । यो क्रम अहिले पनि जारी छ । लकडाउन खुलेपछि उनले केही म्यूजिक भिडियोमा काम गरिन् । तर, कोरोनाको संक्रमण थप भयावह भएपछि राजधानीमा निषेधाज्ञा लागू गरियो । यसपछि उनको दैनिकी फेरि घर र श्रीमानको अफिसमा वितिरहेको छ ।
 
चर्चा र विवादमा छाइरहने आँचल केही दिनदेखि टाउकोको तौलको विषयमा दिएको जवाफका कारण ट्रोलको शिकार भएकी छन् । तर, यस विषयमा उनले कुनै प्रतिक्रिया जनाएकी छैनन् । यद्यपि, उनले आफ्नो इन्स्टाग्राम स्टोरीमा एक पोस्ट गर्दै ‘म हाँसेको देखेर रिसाउनेलाई नि ‘लभ यू’ भनेर लेखेकी छन् ।  उनको यो कटाक्ष ट्रोलर्सप्रति हो वा कोही व्यक्तिप्रति, त्यो भने उनै जान्दछिन् ।
 
 
केही समय अगाडि उनले एक अन्तर्वार्तामा तराजुमा टाउको मात्र राखे टाउकोको तौल थाहा हुने भन्दै दिएको जवाफको भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल भएको छ । सामाजिक सञ्जाल प्रयोगकर्ताले उनलाई विद्वान अभिनेत्री भन्दै मजाक उडाएका छन् । हुनत, यसअघि पनि आफ्नो अभिव्यक्तिलाई लिएर ट्रोल भएका कारण आँचललाई यसले खासै ठूलो असर पारेको देखिन्न ।
Most Visited News (monthly)