Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 7705 - 7710 of 23769
फिल्मीखबर, काठमाण्डौ, 2020-09-15, मंगलवार

कुशल अभिनय गर्ने अभिनेताको रुपमा चिनिएका ध्रुव दत्तले प्रवासमा रहेर पनि कलाकारितालाई निरन्तरता दिँदै आएका छन् । लामो समयदेखि बेलायतमा बस्दै आएका उनले आधा दर्जन बढी फिल्ममा अभिनय गरिसकेका छन् । उनले ‘तीन घुम्ती’, ‘लिलिबिली’, ‘आवेग’, ‘द प्लान’, ‘उल्झन’, ‘नाइन ओ क्लक’ लगायतका फिल्ममा अभिनय गरेर दर्शकको मन जितेका छन् ।

एजेन्सी, मुम्बई, 2020-09-15, मंगलवार

राज्यसभा सांसद तथा अभिनेत्री जया बच्चनले संसद् भवनमा केही मानिसका कारण सिंगो बलिउडको छविलाई दूषित गर्न नमिल्ने बताएपछि बलिउड अभिनेत्री कंगना रनावतले आक्रोश व्यक्त गरेकी छन् । उनले श्वेता र अभिषेक बच्चनको नाम लिँदै ट्विटरमा जयालाई सोधेकी छन्, ‘यदी मेरो ठाउँमा तपाईंकी छोरी हुन्थिन् र तपाईंको छोराले फाँसी लगाएको भए के यही भन्नुहुन्थ्यो ?’ 

फिल्मीखबर, काठमाण्डौ, 2020-09-15, मंगलवार

अभिनेता प्रदीप खड्का र निर्देशक दिनेश राउतले पहिलो पटक फिल्ममा एकअर्कासँग काम गर्दैछन् । यसअघि फिल्म ‘भैरवी’ मा उनीहरुबीच टिमअप भएको थियो । तर, विभिन्न कारणले यो फिल्म निर्माण हुन सकेन । लकडाउनको समयमा प्रदीप एक फिल्मको प्रस्ताव लिएर निर्देशक राउतसमक्ष पुगेका थिए । अन्ततः उनीहरुबीच नयाँ फिल्मका लागि टिमअप भएको छ ।

फिल्मीखबर, काठमाण्डौ, 2020-09-15, मंगलवार

गएको ४ वर्ष अगाडिसम्म देशमा १८ घण्टासम्म लोडसेडिङ थियो । कुनै दिन देश लोडसेडिङ मुक्त हुन्छ भनेर कसैले कल्पनामा समेत गरेका थिएनन् । पट्यारलाग्दो लोडसेडिङसँग जीवनयापन गर्न आम सर्वसाधारण बानी परिसकेका थिए । तर, जब नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङ नियुक्त भए, त्यसको केही समयमा देश लोडसेडिङ मुक्त भयो ।

फिल्मीखबर, काठमाण्डौ, 2020-09-15, मंगलवार

लामो समयदेखि अमेरिकामा बस्दै आएकी अभिनेत्री नन्दिता केसीको नेतृत्वमा तीस जना फिल्म प्राविधिकलाई राहत वितरण गरिएको छ । कोरोनाका कारण रोजीरोटी गुमेपछि दैनिक गुजरा चलाउन समस्या भएका प्राविधिकलाई पन्ध्र सय नगदसहित एक बोेरा चामल, तीन लिटर तेल, २ किलो चना, २ किलो चिउरा, २ किलो सोयाबिन र आधा दर्जन सावुन हस्तान्तरण गरिएको हो । 

एजेन्सी, मुम्बई, 2020-09-14, सोमवार

पछिल्लो समय बलिउडका हिट मेशिन भनिने अभिनेता आयुष्मान खुरानाको सोमवार जन्मदिन हो । ३६औं वर्षमा प्रवेश गरेका उनी बलिउडका प्रतिभाशाली कलाकारमध्ये एक हुन् । अभिनयका अलावा उनले नृत्य, गायन र लेखनबाट पनि दर्शकको मन जितेका छन् । हरेक प्रकारका चरित्रमा आफूलाई ढाल्न माहिर मानिने उनी आफ्नो डेब्यू फिल्मलाई भने अभिसाप मान्थे ।

Results : 7705 - 7710 of 23769
Most Visited News (monthly)