Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

नन्दिताको नेतृत्वमा प्राविधिकलाई राहत वितरण

फिल्मीखबर, काठमाण्डौ, 2020/09/15
 
लामो समयदेखि अमेरिकामा बस्दै आएकी अभिनेत्री नन्दिता केसीको नेतृत्वमा तीस जना फिल्म प्राविधिकलाई राहत वितरण गरिएको छ । कोरोनाका कारण रोजीरोटी गुमेपछि दैनिक गुजरा चलाउन समस्या भएका प्राविधिकलाई पन्ध्र सय नगदसहित एक बोेरा चामल, तीन लिटर तेल, २ किलो चना, २ किलो चिउरा, २ किलो सोयाबिन र आधा दर्जन सावुन हस्तान्तरण गरिएको हो । 
 
नन्दिताले अमेरिकामा बस्ने फिल्मकर्मी तथा विभिन्न व्यक्तिहरुबाट संकलित रकमबाट फिल्म प्राविधिकलाई राहत वितरण गरेकी हुन् । नन्दिताकी बहिनी सजना केसी र दाई मोहन विक्रम केसीले सोमवार प्राविधिकलाई राहत वितरण गरेका हुन् । यस्तै, कीर्तिपूरमा रहेको बेबी लाइफ होममा आश्रित एचआइभी संक्रमित बालबालिकाका लागि रासन पनि वितरण गरिएको छ ।
 
अभिनेत्री नन्दिता केसीले बाइक दुर्घटनामा परेर घाइते भएका कलाकार सन्नी रसाईलीलाई पन्ध्र हजार सहयोग पनि गरेकी छिन् । चलचित्र प्राविधिक संघका उपाध्यक्ष विनोद लामाले कोरोनाका कारण कामविहीन भएपछि जीवनयापनमा समस्या भएका फिल्म प्राविधिकलाई आर्थिक र खाद्यन्न सहयोग गरेकोमा नन्दितासहित अमेरिकामा बस्ने फिल्मकर्मीलाई धन्यवाद व्यक्त गरेका छन् । 
 

नन्दिताले आफूहरुलाई सुटिङ सेटमा रेखदेख गर्ने प्राविधिकहरु समस्यामा रहेको खबर पाएपछि आर्थिक संकलन गरेर राहत वितरण गरेको बताएकी छन् । उनले केही दिनमा आफ्नो जन्मथलो अर्घाखाँचीमा तीस घरपरिवारलाई खाद्यन्न प्रदान गर्दैछिन् भने राजधानीका भोका मजदुरलाई खाना पनि खुवाउँदैछिन् । उनी गत वर्ष केही महिना नेपाल बसेर अमेरिकामा फर्किएकी हुन् । 
Most Visited News (monthly)