Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘तीन घुम्ती’ अभिनेता ध्रुवको ‘शून्य’

फिल्मीखबर, काठमाण्डौ, 2020/09/15
 
कुशल अभिनय गर्ने अभिनेताको रुपमा चिनिएका ध्रुव दत्तले प्रवासमा रहेर पनि कलाकारितालाई निरन्तरता दिँदै आएका छन् । लामो समयदेखि बेलायतमा बस्दै आएका उनले आधा दर्जन बढी फिल्ममा अभिनय गरिसकेका छन् । उनले ‘तीन घुम्ती’, ‘लिलिबिली’, ‘आवेग’, ‘द प्लान’, ‘उल्झन’, ‘नाइन ओ क्लक’ लगायतका फिल्ममा अभिनय गरेर दर्शकको मन जितेका छन् ।
 
उनै, ध्रुवले पहिलो पटक लघु फिल्ममा काम गरेका छन् । उनको एकल अभिनय रहेको ९ मिनेटको सर्ट मुभी ‘शून्य’ सोमवार यूट्युबमा सार्वजनिक भएको छ । सनम बैरागको निर्देशन रहेको फिल्ममा कोरोनाले सिर्जना गरेको परिस्थितिको वरिपरि घुमेको छ । अभिनेता दत्तले वास्तविक जीवनमा झैँ फिल्ममा पनि प्रवासीको भूमिका निर्वाह गरेका छन् । उनको अभिनय मनछुने छ ।
 
प्रवासी जीवन विताउँदा आफ्नो जन्मभूमि फर्कन नसक्दा मनमा उत्पन्न बेदना र पीडालाई ‘शून्य’ ले गहिराइसम्म पुगेर चरितार्थ गरेको निर्देशक बैराग बताउँछन् । कोरोनाको यो असहज परिस्थितिमा देश बाहिर बस्नेहरुले आफन्त गुमाउनु पर्दाको पीडालाई फिल्ममा देखाइएको उनको भनाई छ । कृष्णबहादुर लाम्गादेको निर्माण रहेको फिल्ममा गोपी सापकोटाको कथा छ ।
 
शन्तकुमार राईको छायांकन रहेको ‘शून्य’ को सबटाइटल ज्ञानेन्द्र रावतले गरेका छन् भने स्वरांकन शशी थापा सुब्बा, सुस्मिता थापा, अभिमन्यू बैराग र सनम बैरागले गरेका छन् । फिल्ममा प्रवासीको वास्तविक पीडालाई उतारिएका कारण दर्शकहरुलाई मनपर्ने अभिनेता दत्तको विश्वास छ । फिल्मले मातृभूमि छाडेर परदेश गएका हरेक नेपालीको कथा वाचन गरेको उनी बताउँछन् ।
 
सर्ट फिल्म ‘शून्य’ हेर्नुहोस् :-
 

Most Visited News (monthly)