Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

कुलमानको पक्षमा कलाकार, जनादेशको सम्मान गर्न मदनकृष्णको आग्रह

फिल्मीखबर, काठमाण्डौ, 2020/09/15
 
गएको ४ वर्ष अगाडिसम्म देशमा १८ घण्टासम्म लोडसेडिङ थियो । कुनै दिन देश लोडसेडिङ मुक्त हुन्छ भनेर कसैले कल्पनामा समेत गरेका थिएनन् । पट्यारलाग्दो लोडसेडिङसँग जीवनयापन गर्न आम सर्वसाधारण बानी परिसकेका थिए । तर, जब नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङ नियुक्त भए, त्यसको केही समयमा देश लोडसेडिङ मुक्त भयो । 
 
उनी आउनुभन्दा अगाडि प्राधिकरण अर्बौं घाटामा थियो । उनको चार वर्षे कार्यकालमा प्राधिकरण सबैभन्दा बढी नाफा कमाउने सार्वजनिक संस्थान बनेको छ । तर, सोमवारबाट उनको कार्यकाल सकिएको छ । जनस्तरबाट भने उनलाई पुनः नियुत्तिको आवाज उठिरहेको छ । नेपाली कलाकारहरुले पनि उनलाई प्राधिकरणमा दोहोर्‍याउन सरकारलाई दबाब दिइरहेका छन् । 
 
कुलमानलाई पुनः नियुत्तिको माग गर्दै विभिन्न कलाकारले हरेक साँझ आठ बजेपछि ५ मिनेट बत्ति निभाएर सरकारलाई दबाब दिन आग्रह गरेका छन् । हास्यकलाकार मदनकृष्ण श्रेष्ठले भने कुलमान घिसिङलाई प्राधिकरणमा नदोहोर्‍याए जनताले जिन्दगीभर चित्त दुखाउने बताएका छन् । उनले कुलमानले कुनै एउटा जिल्लाबाट चुनाव लडे आँखा चिम्लेर जित्न पनि दाबी गरेका छन् ।
 

उनले फेसबुकमा लेखेका छन्, ‘एउटा जिल्लाको मत प्राप्त गरेपछि कुनै पनि सांसद मन्त्री बनेर सिंगै मन्त्रालयलाई नेतृत्व दिन योग्य हुन्छ । तर मेचीदेखि महाकाली, हिमालदेखि तराई सतहत्तरै जिल्लाका साढे ३ करोड जनताका आत्मादेखि रुचाइएको एउटा नाम हो, कुलमान घिसिङ ।’ जनादेशलाई सम्मान गरेर जनताको मन जित्न उनले सरकारलाई सुझाव पनि दिएका छन् । 
Most Visited News (monthly)