Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 1.00/5.00)
Text size:-
+
-

‘आँधी तुफान २’ को निर्देशकमा मदन घिमिरे

फिल्मीखबर, काठमाण्डौ, 2020/09/18
 
अचेल नेपाली फिल्ममा सिक्वेलको लहड चलेको अवस्थामा दशक अगाडिको सुपरहिट फिल्म ‘आँधी तुफान’ को पनि सिक्वेल निर्माण हुँदैछ । बिहीवार विश्वकर्मा पुजाको अवसरमा निर्माता तथा लेखक मौनता श्रेष्ठले फिल्मको निर्देशकमा मदन घिमिरेलाई अनुबन्ध गरेका छन् । बिहीवार उनीहरुबीच कागजी सम्झौता भएको हो । निर्देशक घिमिरेले थुप्रै हिट फिल्म दिइसकेका छन् ।
 
‘आमाको माया’ बाट निर्देशनमा होमिएका घिमिरेले ‘जीवन दाता, मिस्टर डन, फर्ज, भागी भागी नजाउ, फैसला, दादागीरी’ लगायतका फिल्म निर्देशन गरेका छन् । पछिल्लो पटक उनी निर्देशित फिल्म ‘काउसो’ प्रदर्शनमा आएको थियो । अब ‘आँधी तुफान २’ को निर्देशकमा अनुबन्धित भएका उनले फिल्मलाई उत्कृष्ट बनाउन आफूले सकेको मिहेनत गर्ने बताएका छन् ।
 
बिहीवार फिल्मको एक गीतको समेत काम भएको छ । संगीतकार विकास चौधरीले तयार पारेका गीतमा चर्चित गायक उदितनारायण झाले आवाज भर्ने निर्माता श्रेष्ठले जानकारी दिए । कोरोनाको महामारी अन्त्य भएपछि छायांकन सुरु हुने फिल्मका लागि कलाकार भने फाइनल भएका छैनन् । सत्य घटनामा आधारित भएर निर्माण हुने बताइएको फिल्म एक्सन प्रधान हुनेछ ।
 
२०६१ सालमा बनेको महेन्द्र बुढाथोकी निर्देशित फिल्म ‘आँधी तुफान’ मा पुजना प्रधान, ऋचा घिमिरे र रञ्जु लामिछानेको मुख्य भूमिका थियो । अहिल यी तीन अभिनेत्री अभिनयमा सक्रिय नभएका कारण निर्माता श्रेष्ठ फिल्ममा नयाँ अभिनेत्री लिने सोचमा छन् । उनका अनुसार, अहिले केही अभिनेत्रीसँग कुराकानी भइरहेको छ । केही दिनमा कलाकार सार्वजनिक गर्ने तयारी उनको छ ।
Most Visited News (monthly)