Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

चलचित्र विकास बोर्डले माग्यो छात्रवृत्तिका लागि आवेदन

फिल्मीखबर, काठमाण्डौ, 2020/09/17
 
नेपाली चलचित्र क्षेत्रको सर्वोच्च संस्था चलचित्र विकास बोर्डले छात्रवृत्तिको लागि आवेदन आह्वान गरेको छ । यही असोज १४ गतेभित्र चलचित्र सम्बन्धि अध्ययन गरिरहेका विद्यार्थीले छात्रवृत्तिका लागि आवेदन दिन सक्ने बोर्डले जानकारी दिएको छ । बोर्डको कार्यालय वा [email protected] इमेलमार्फत् इच्छुक विद्यार्थीले अनलाइन आवेदन भर्न सक्नेछन् । 
 
चलचित्र विकास बोर्डले २ जनालाई विद्यावारिधि शोधवृत्ति, २ जनालाई दर्शनाचार्य शोधवृत्ति, ४ जनालाई स्नातकोत्तर छात्रवृत्ति, १० जना (खुल्ला ५ र आरक्षण ५) लाई स्नातक छात्रवृत्ति र लघु पाठ्यक्रम अध्ययनरत २ जना विद्यार्थीहरूलाई छात्रवृत्ति प्रदान गर्न लागेको हो । नागरिकता, शैक्षिक योग्यताको प्रमाणपत्रलगायतका कागजातको प्रतिलिपिसहित आवेदन भर्नुपर्ने बताइएको छ ।
 
 
छात्रवृत्तिले फिल्म सम्बन्धि अध्ययन गरिरहेका विद्यार्थीलाई प्रोत्साहन र हौसला प्रदान गर्ने चलचित्र विकास बोर्डका अध्यक्ष दयाराम दाहालले विश्वास व्यक्त गरेका छन् । अहिले विकास बोर्ड विद्यालय र कलेजको पाठ्यक्रममा नेपाली फिल्मलाई समेट्नका लागि प्रयास गरिरहेको छ । नेपालमा केही वर्षयता फिल्म सम्बन्धि अध्यापन गराउने केही कलेज समेत सञ्चालन भइरहेका छन् ।
Most Visited News (monthly)