
कोरोना भाइरसका कारण फिल्म निर्माण र प्रदर्शन रोकिएको ६ महिनाभन्दा बढी भइसकेको छ । सरकारले अन्य क्षेत्र सञ्चालनको अनुमति दिए पनि फिल्म क्षेत्र प्राथमिकतामा पर्न सकेको छैन । कोरोनाको संक्रमण थप भयावह भइरहेको अवस्थामा दशैंअघि फिल्म निर्माण र प्रदर्शन हुने सम्भावना टर्दै गएको छ । दशैंपछि फिल्म क्षेत्र पुरानै अवस्थामा फर्किनेमा धेरै आशावादी छन् ।



चन्द्रप्रकाश बानियाँको उपन्यास ‘महारानी’ ले यस वर्षको मदन पुरस्कार पाउने भएको छ । मदन पुरस्कार गुठीको आइतबार बसेको बैठकले ‘महारानी’ उपन्यासलाई मदन पुरस्कार र नेपाली फिल्मको गीतमा संगीत भर्ने पहिलो महिला संगीतकार शान्ति ठटाललाई जगदम्बाश्री पुरस्कार दिने निर्णय गरेको छ । दुवै पुरस्कार स्थिति सामान्य भएपछि वितरण गरिने बताइएको छ ।

बलिउडबाट हलिउडसम्मको यात्रा तय गरेकी अभिनेत्री प्रियंका चोपडा हरेक प्रकारका भूमिकामा जीवन्त अभिनय गर्न सिपालु मानिन्छिन् । उनको भारतसँगै विश्वभर फ्यान फलोइंग जबरजस्त छ । उनको अभिनयको हमेशा प्रशंसा हुने गरेको छ । उनी पछिल्लो पटक बलिउड फिल्म ‘स्काइ इज पिंक’ मा देखिएकी थिइन् । तर, फिल्मले बक्सअफिसमा सफलता हासिल गर्न सकेन ।

नेपाली हाँस्य क्षेत्रमा एउटा दर्विलो नाम हो, सिताराम कट्टेल । पिताले थमाएको १७ सय बोकेर कलाकार बन्न राजधानी झिरेका उनले आज जुन ‘नेम र फ्रेम’ कमाएका छन्, त्यस पछाडिको संघर्ष कहालीलाग्दो छ । दशक अगाडि हास्य टेलिश्रृंखला ‘मेरी बास्सै’ मा ‘धुर्मुस’ को चरित्र निर्वाह गरेपछि चर्चामा आएका उनलाई २०७२ सालमा गएको भूकम्पले सामाजिक अभियान्ता बनाएको छ ।

