Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(2 votes, avg 4.00/5.00)
Text size:-
+
-

कंगनाको चेतावनी- ‘शिर काट्न सक्छु तर झुक्दिनँ’

एजेन्सी, मुम्बई, 2020/09/17
 
बलिउड अभिनेत्री कंगना रनावत जबदेखि सोसल मिडियाको सदस्य भइन्, तबदेखि हरेक विषयमा आफ्नो भनाई राख्दै आएकी छन् । एकातिर उनले महाराष्ट्र सरकारलाई चुनौती दिएकी छन् भने अर्कोतिर जया बच्चनको बयानलाई लिएर दिएको प्रतिक्रियाले बलिउड तरंगित बनेको छ । उनले ठाडै जयालाई ‘तपाईको छोराले आत्महत्या गरेको भए के गर्नुहुन्थ्यो’ भनेर प्रश्न गरेकी छन् । 
 
कंगना र महाराष्ट्र सरकारबीचको विवादले उग्र रुप लिइरहेको छ । दुवै पछाडि हट्न तयार देखिएका छैनन् । यसबीच, कंगना रनावतले फेरि ट्विटरमार्फत् चेतावनी दिँदै लेखेकी छन्, ‘म एक क्षत्राणी हुँ । शिर काट्न सक्छु तर शिर झुक्न दिन्नँ । राष्ट्रको सम्मानका लागि सधैं आवाज बुलन्द गरिरहन्छु । मान, सम्मान, स्वाभिमानका साथ बाँचेको छु र गर्वपूर्वक राष्ट्रवादी बनेर बाँच्नेछु ।’
 
उनले ट्विटरमा आफ्नो सिद्धान्तसँग कहिल्यै सम्झौता नगरेको र नगर्ने पनि उल्लेख गरेकी छन् । उनको यो ट्विटलाई निकै रि-ट्विट र लाइक्स मिलेको छ । कंगना रनावतको शिवसेनासँग अभिनेता सुशान्त सिंह रापजूतको आत्महत्या प्रकरणबाट चर्काचर्की सुृरु भएको हो । केही दिन अगाडि उनले ४८ करोड भारतीय रुपैयाँमा खरिद गरेको अफिसमा विएमसीले डोजर चलाएको थियो ।
Most Visited News (monthly)