Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(2 votes, avg 1.50/5.00)
Text size:-
+
-

शरीर बनाउन आर्यनको मिहेनत, अभिनयमा खोइ ?

फिल्मीखबर, काठमाण्डौ, 2020/10/07
 
पछिल्लो समय बलिउडमा सिक्स प्याक हिरोहरुको दबदबा छ । नेपाल फिल्ममा भने थोरै मात्र अभिनेता छन्, जसले सिक्स प्याक शरीर बनाएका छन् । त्यसमध्ये एक हुन्, आर्यन अधिकारी । आफ्नो अभिनय कलाबाट दर्शकलाई प्रभावित बनाउन चुकिरहे पनि उनको सुगठित शरीरले धेरैलाई लोभ्याउने गरेको छ । उनको शरीर हेर्दा बलिउड अभिनेता टाइगर श्राफको झल्को आउँछ । 
 
आकाश अधिकारी निर्देशित फिल्म ‘के म तिम्रो होइन र’ बाट उनले अभिनेताको रुपमा डेब्यू गरेका थिए । यो फिल्मले घरेलु बजारबाट मुश्किलले लगानी उठाएको थियो । दर्शकले आर्यनको सुगठित शरीर र एक्सनको भने प्रशंसा गरेका थिए । यसपछि उनी अभिनीत दुई फिल्म ‘बटरफ्लाई र बाँध मायाले’ प्रदर्शनमा आए । तर, दुवैले उनलाई सफलताको सुख दिन सकेनन् ।
 
अभिनय गरेका तीन फिल्मले करिअरलाई उचाइ दिन नसकेपछि अमेरिका फर्किएका उनको नयाँ फिल्म ‘जस्मिन’ प्रदर्शनको पखाईमा छ । अभिनय सुधारमा भन्दा शरीर बनाउन मिहेनत गरेको आलोचना खेप्दै आएका आर्यनले बुधवार फेसबुकमा आफ्नो एक सर्टलेस तस्विर साझेदार गरेका छन्, जसमा उनलाई मोटो पाखुरा, चौडा छाती र सिक्स प्याक शरीरमा देख्न सकिन्छ । 
 
अमेरिकामा पनि आफ्नो शरीरलाई आकर्षक बनाउन मिहेनत गरिरहेका उनले फिल्ममा भने आफूलाई सुहाउने भूमिका पाउन सकेका छैनन् । जसले गर्दा उनको करिअर धर्मराउँदो छ । शरीर सुगठित बनाउन गरेको त्याग र तपस्या अभिनय सुधारमा गरेर फिल्म छनौटमा गम्भीर हुने हो भने आर्यनले अझै पनि नेपाली फिल्ममा आफूलाई प्रमाणित गर्न सक्ने सम्भावना बलियो छ । 
Most Visited News (monthly)