Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

हरिवंश आचार्य दाम्पतीलाई कोरोना संक्रमण

फिल्मीखबर, काठमाडौं, 2020/10/06
 
लोकप्रिय हास्य कलाकार हरिवंश आचार्य र उनकी श्रीमती रमिला आचार्यलाई कोरोना संक्रमण पुष्टि भएको छ । सामान्य लक्षण देखिएपछि सोमवार पिसिआर परीक्षण गराउँदा दुवै जनाको रिपोर्ट पोजेटिभ आएको हो । कलाकार आचार्यले सामाजिक सञ्जाल फेसबुकको माध्यमबाट आफूहरुलाई कोरोना संक्रमण भएको जानकारी दिएका हुन् ।
 
उनले आफूहरुको स्वास्थ्य भने सामान्य रहेको बताएका छन् । उनले फेसबुकमा लेखेका छन्, ‘यहाँहरुको माया, आर्शिवाद र शुभेच्छाको कारण हामीले छिट्टै कोरोना संक्रमणलाई जित्ने छौं । कोरोना संक्रमण व्यापक रुपमा फैलिएको हुँदा यहाँहरु सबैले जनस्वास्थ्यका मापदण्ड अनिवार्य रुपमा अबलम्बन गर्नुहुन अनुरोध गर्दछौं ।’ 
 
उनले आफूहरुसँग सम्पर्कमा रहेका सबैलाई होम आइसोलेसनमा बसेर निर्धारित समयमा परीक्षण गराउन पनि आग्रह गरेका छन् । उनी केही दिनअघि फिल्म ‘हुतुतु’ को स्क्रिप्टमा बसेका थिए । उनलाई कोरोना संक्रमण देखिएपछि ‘हुतुतु’ का स्क्रिप्ट राइटर अभिमन्यू निरवीदेखि अभिनेता प्रदीप खड्कासम्म होम आइसोलेसनमा बसेका छन् ।
Most Visited News (monthly)