Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

नेपाली फिल्म 'आइसक्रिम’ अन्तराष्ट्रिय फेस्टिभलहरुमा छनौट

फिल्मीखबर, काठमाडौं, 2020/10/29
फिल्म ‘कथा काठमाण्डु’ निर्देशन गरेर यौन उत्पीडनका बिषय फिल्मले बोल्नु पर्छ भन्ने सन्देश दिएकी संगीता श्रेष्ठको शर्ट फिल्म 'आइसक्रिम' नेपाल देखी अमेरिका सम्मका विभिन्न फिल्म फेस्टिभलहरुमा छनौटमा परेको छ । अफ्रिकाको  'अफ्रिका फिल्म फोर इम्प्याक्ट फेस्टिभल २०२०', अमेरिकाको 'बेस्ट अफ ल्याटिन अमेरिका सर्ट फिल्म फेस्टिभल', युकेको 'फस्ट टाइम फिल्ममेकर सेसन्स', इटालीको इन्टिमलेन्ट फिल्म फेस्टिभल र नेपालको मानव अधिकार फिल्म फेस्टिभल २०२० मा यो फिल्म छनोट भइसकेको संगीताले बताईन् । 
 
'अफ्रिका फिल्म फोर इम्प्याक्ट फेस्टिभल २०२०'को पहिलो दिन नोभेम्वर ३ मा यो फिल्म पहिलो स्क्रिनिंग हुँदैछ । यो फेस्टिभल नोभेम्बर ३ देखि ८ सम्म आयोजना हुँदैछ । कोरोना महामारीका कारण भर्चुअल रुपमा हुने फेस्टिभलमा पहिलो दिन नै आफ्नो फिल्म स्क्रिनिंग हुने भएको श्रेष्ठले बताईन् । ‘अन्तराष्ट्रिय फिल्म फेस्टिभलमा प्रदर्शनका लागि छनौट हुँदा एकदम खुशी छु,' उनले भनिन्, 'मैले उठान गरेको विषय संसारभर पुग्दैछ । निकै उत्साहित पनि छु ।' 
 
 
यो फिल्म बाल यौन शोषणमाथि आधारित छ । सडकमा पैसा माग्दै हिँड्ने एक बालिकाको कथा यो फिल्मले बोल्छ । समाजको अँध्यारो पक्षलाई समेटेर आफुले फिल्म बनाएको बताउँदै श्रेष्ठले भन्छिन्, ‘यो फेस्टिभलले पनि समाजको अँध्यारो पाटो उजागर गर्ने फिल्महरु खोजेको थियो । ‘आइसक्रिम'ले हाम्रो समाजका छोरीहरु बलात्कार, यौन शोषणमा कसरी पर्छन् भन्ने देखाएको छ । हाम्रा छोरीहरुलाई हामीले यस किसिमको अपराधबाट बचाउनुपर्छ भन्ने उद्देश्यले फिल्म बनेको छ ।’
 
नौ मिनेट लामो फिल्ममा भूमिका योगिशा खत्रीले मूख्य भूमिका निभाएकी छन् । निर्देशक श्रेष्ठ संचारकर्मी समेत हुन् । उनले एक फिचर फिल्म ‘कथा काठमाण्डु’ साथै सयौँ म्यूजिक भिडियोहरु, वृत्तचित्रहरु तथा शर्ट फिल्महरु निर्देशन गरेकी छन् ।
Most Visited News (monthly)