जब हरेक वर्ष नेपालीहरुको घर आँगनमा घुमिफिरी दशैं आउँछ, तब हामीलाई दशैंका पुराना सम्झनाहरुले सताउन थाल्छन् । खासगरी बाल्यकालका दशैं अनुभवले नतमस्तक बनाउँछ । आज हामी केहि नेपाली कलाकारहरुका बाल्यकालिन दशैँ अनुभवलाई प्रस्तुत गरेका छौँ ।
बाल्यकालमा आर्शिवादभन्दा दक्षिण प्यारो हुने अधिकांश कलाकारहरुको अनुभव छ । उनीहरु बाल्यकालमा दशैंको टीका लगाएपछि दक्षिणा पाउँदाको क्षण यसरी सम्झन्छन् ।
‘ऐश्वर्य’ फेम्ड अभिनेत्री दीपिका प्रर्साइँले काका-कार्कीबाट बाल्यकालमा सबैभन्दा धेरै दक्षिणा पाएकी रहेछिन् । बाल्यकालमा काका-कार्कीबाट २५ सय पाएको उनलाई सम्झना छ । चर्चित हाँस्यकलाकार केदार घिमिरे भने सबैभन्दा धेरै दक्षिणा ससुरालीमा पाएको बताउँछन् । अभिनेत्री आँचल शर्मा बाल्यकालमा गुरुआमाबाट २ हजार दक्षिणा पाउँदा दंग भएको सम्झन्छिन् ।

अर्की अभिनेत्री ऋचा शर्मा बाल्यकालमा दक्षिणाको लोभ हुने गरेको भए अहिले आफूभन्दा अग्रजबाट आर्शिवादको लोभ हुने बताउँछन् । उनले बाल्यकालमा सबैभन्दा धेरै दक्षिणा पिताबाट पाएकी रहेछिन् । आफूलाई पिताले टीका लगाएर पाँच सय रुपैयाँ दिएको उनलाई सम्झना छ । हास्यकलाकार कुञ्जना घिमिरेलाई भने बाल्यकालमा टीका लगाएपछि खाम हेर्न हतार हुन्थ्यो रे !
.jpg)
अभिनेत्री करिश्मा मानन्धर बाल्यकालमा हरेक वर्षको दशैं आफूले मामाघरमा मनाउने गरेको सम्झन्छिन् । उनी भन्छिन्, ‘भान्जी भएकाले मलाई सबैले माया गर्थे । मलाई टिका लगाएर दक्षिणा दिन्थे । पैसा पाएपछि म मख्ख पर्थेँ । निर्देशक निश्चल बस्नेत भने बाल्यकालमा छोरीहरुलाई टन्नै पैसा दिएपनि आफूले नपाउँदा नरमाइलो लाग्ने सम्झन्छन् ।
.jpg)
बाल्यकालको दशैं सम्झँदै निश्चल भन्छन्, ‘अरुले गोजीमा पैसा बोकेको देखेपछि मलाई मामाघर जाऔं जाऔं लाग्थ्यो । अनि टीकाकै दिन मामाघर हिँड्थेँ । निर्देशक तथा हास्य कलाकार दीपाश्री निरौलाले सानोमा माता-पितालाई दक्षिणासँगै खसी किन्न खुब कर गर्ने गरेको सम्झन्छिन् । अहिले भने आफूभन्दा ठूलाबाट आर्शिवादको लोभ हुने गरेको उनले बताइन् ।

