
फिल्म निर्देशक तथा सञ्चारकर्मी सुरेश दर्पण पोखरेल बैबाहिक बन्धनमा बाँधिएका छन्। उनले बिराटनगर निवासी निशा कार्कीसँग मंसिर ५ गतेका दिन विवाह गरेका हुन्।

भारतीय अभिनेत्री तथा राजनीतिज्ञ किरण खेरका छोरा तथा अभिनेता सिकन्दर खेरले सोसल मिडियाको माध्यमबाट काम मागेका छन् । उनले इन्स्टाग्राममा एक पोस्ट गर्दै काम मागेका हुन् । उनले आफ्नो एक तस्विर पोस्ट्याउँदै लेखेका छन्, ‘मलाई काम चाहिएको छ । म हाँस्न पनि सक्छु ।’ तस्विरमा उनी निकै निराश मुद्रामा देखिएका छन् भने ओठमा मुस्कानसम्म देखिएको छैन ।

हलिउड अभिनेत्री गल गडोट स्टारर फिल्म ‘वन्डर वुमन १९८४’ को प्रदर्शन मिति घोषणा गरिएको छ । यो फिल्म अमेरिकाको सिनेमा हल र एचविओ म्याक्समा २५ डिसेम्बर २०२० मा रिलिज हुने भएको छ । लामो समयदेखि विश्वभर प्रतिक्षा गरिएको फिल्मको कोरोनाका कारण प्रदर्शन पोस्टपोन्ड गरिएको थियो । सिनेमा हल खुलेसँगै यो फिल्म प्रदर्शनमा आउन लागेको हो ।

‘गैंडा’ उपनामले परिचित कलाकार, निर्माता तथा निर्देशक निर्मल शर्मा विगत दुई हप्तादेखि कोरोना भाइरससँग लडिरहेका छन् । सामान्य ज्वरो आएपछि पिसिआर परीक्षण गराउँदा उनलाई कोरोना संक्रमण पुष्टि भएको थियो । यसपछि उनी होम आइसोलेसनमा बसेर स्वास्थ्य लाभ गरिरहेका छन् । कोरोना पुष्टि भएपछि उनले यसापालीको तिहार समेत मनाउन पाएनन् ।

नेपाली दर्शकले सिनेमा हलमा फिल्म हेर्न नपाएको ८ महिनाभन्दा बढी भइसकेको छ । कोरोना भाइरसका कारण सिनेमा हल बन्द हुँदा निर्माण सम्पन्न भएका फिल्म समेत प्रदर्शनमा आउन सकेका छैनन् । फिल्म प्रदर्शनका लागि उपयुक्त समय मानिने दशैं र तिहारमा समेत बन्द रहेका सिनेमा हल अब कहिले खुल्छ, कुनै टुंगो छैन । सरकारले सिनेमा हल खोल्न चासो देखाएको छैन ।

‘बाहुबली’ अभिनेता प्रभासको नयाँ फिल्म ‘आदिपुरुष’ को प्रदर्शन मिति घोषणा गरिएको छ । ठूलो बजेटमा निर्माण हुन लागेको यो फिल्म २०२२ मा प्रदर्शन हुने भएको छ । प्रभासले आफ्नो सोसल मिडियाबाट फिल्मको प्रदर्शन मिति घोषणा गरेका हुन् । उनका अनुसार, ११ अगस्ट २०२२ मा फिल्म प्रदर्शनमा आउनेछ । ‘तन्हाजी’ फेम्ड निर्देशक ओम राउतले फिल्मको निर्देशन गर्दैछन् ।

