Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

क्रिसमसमा आउने भयो ‘वन्डर वुमन १९८४’

फिल्मीखबर, काठमाडौं, 2020/11/20
 
हलिउड अभिनेत्री गल गडोट स्टारर फिल्म ‘वन्डर वुमन १९८४’ को प्रदर्शन मिति घोषणा गरिएको छ । यो फिल्म अमेरिकाको सिनेमा हल र एचविओ म्याक्समा २५ डिसेम्बर २०२० मा रिलिज हुने भएको छ । लामो समयदेखि विश्वभर प्रतिक्षा गरिएको फिल्मको कोरोनाका कारण प्रदर्शन पोस्टपोन्ड गरिएको थियो । सिनेमा हल खुलेसँगै यो फिल्म प्रदर्शनमा आउन लागेको हो ।
 
‘वन्डर वुमन १९८४’ अमेरिकामा क्रिसमसको दिन रिलिज हुनेछ भने अन्तर्राष्ट्रिय स्तरमा १६ डिसेम्बरमा रिलिज गरिनेछ । यो फिल्म एचविओ म्याक्समा पनि उपलब्ध हुनेछ । यो प्लटेफर्ममा रिलिजको एक महिनासम्म फिल्म निशुल्क हेर्ने पाइने छ । यसपछि फिल्म हेर्न पैसा तिर्नुपर्नेछ । ‘वन्डर वुमन १९८४’ फिल्म ‘वन्डर वुमन’ को सिक्वेल हो । फिल्मलाई पेटी जेन्किन्सले निर्देशन गरेका हुन् ।
 
सन् २०१७ मा ८ सय २१ मिलियन डलरमा बनेको ‘वन्डर वुमन’ ब्लकबस्टर सावित भएको थियो । यसअघि ‘वन्डर वुमन १९८४’ को प्रदर्शन मिति २०२१ सम्मका लागि पोस्टपोन्ड गरिएको थियो । तर, कोरोनाका कारण बन्द सिनेमा हल खुलेपछि फिल्मलाई यसै वर्ष प्रदर्शन गर्न लागिएको हो । कोरोनाले नेपालमा सिनेमा हल बन्द भएकाले यो फिल्म नेपालमा भने प्रदर्शन हुने सम्भावना न्यून छ ।
Most Visited News (monthly)