Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 7459 - 7464 of 23772
एजेन्सी, मुम्बई, 2020-11-26, बिहिवार

अभिनेता वरुण धवन र अभिनेत्री सारा अली खानले पहिलो पटक स्क्रिन शेयर गरेको फिल्म ‘कुली नम्बर १’ लामो समयदेखि चर्चामा छ । पहिला यो फिल्म थिएटरमा रिलिज हुने तयारीमा थियो, तर अब अमेजन प्राइम भिडियोमा रिलिज हुनेछ । फिल्मको ट्रेलर चाँडै सार्वजनिक हुँदैछ । यसबीच, फिल्मको पोस्टर सार्वजनिक गरिएको छ । पोस्टरमा वरुण र सारा फिचर छन् । 

एजेन्सी, अमेरिका, 2020-11-26, बिहिवार

‘पाइरेट्स अफ द क्यारिबियन’ फेम अभिनेता जोनी डेपले ‘द सन’ पत्रिकासँगको मुद्धा हारेपछि निर्माण कम्पनी वार्नर ब्रोसको दबाबमा फिल्म ‘फ्यान्टास्टिक बिस्टस्’ छाड्ने घोषणा गरेका थिए । यसपछि उनको ठाउँमा ‘फ्यान्टास्टिक बिस्टस् ३’ मा कसको प्रवेश हुन्छ भन्ने धेरैलाई चासो थियो । निर्माण टिमले जोनीले निर्वाह गरेको चरित्र गेलर्ट ग्रिन्डेलवाल्डको रिप्लेसमेन्ट खोजेको छ । 

फिल्मीखबर, काठमाडौं, 2020-11-26, बिहिवार

कोरोना महामारीका कारण घरभित्रै कुँजिनुपर्दा मानिसमा मानसिक समस्या देखिएको छ । रोजगारी गुमाउँदा, आय आर्जनको बाटो बन्दा हुँदा, पठनपाठन स्थगितलगायतका कारणले मानिसमा छटपटी र चिन्ता बढेको छ । यसका कारण कतिपयले आत्महत्याको बाटो समेत रोजेका छन् । यो समयमा मनको अशान्ति भगाउँदै शरीर फूर्तिलो बनाउनु अपरिहार्य बनेको छ ।

फिल्मीखबर, काठमाडौं, 2020-11-26, बिहिवार

रेश्मा घिमिरेलाई टिकटक स्टारको रुपमा चिन्ने गरिन्छ । उनले टिकटकमा बनाएका भिडियोबाटै ठूलो लोकप्रियता कमाएकी छन् । टिकटकमा आफ्नो अभिनय कला प्रस्तुत गर्नुभन्दा अगाडि उनले नेपाली फिल्ममा अभिनय गरेकी थिइन् । करीब ६ वर्ष अगाडि प्रदर्शनमा आएको फिल्म ‘यो साइनो मायाको’ उनको डेब्यू फिल्म थियो । तर, यो फिल्मले उनलाई सफलताको सुख दिन सकेन । 

फिल्मीखबर, काठमाडौं, 2020-11-25, बुधवार

अभिनेता अरशद वारसी र अभिनेत्री भूमि पेडनेकर अभिनीत फिल्म ‘दुर्गामती’ को ट्रेलर सार्वजनिक भएको छ । तीन मिनट २० सेकेण्डको ट्रेलर निकै थ्रिलिङ छ । जी अशोकको निर्देशनमा बनेको यो फिल्म तमिल तेलुगू भाषाको फिल्म ‘भगमती’ को हिन्दी रिमेक हो । ओरिजनल फिल्मका निर्देशक पनि जी अशोक हुन् भने यसमा अनुष्का शेट्टीले मुख्य भूमिका निर्वाह गरेकी थिइन् । 

फिल्मीखबर, काठमाण्डौ, 2020-11-25, बुधवार

एक समय अभिनेता आर्यन सिग्देलको नेपाली फिल्ममा ठूलो दबदबा थियो । लभस्टोरी फिल्ममा पहिलो रोजाई नै उनी हुन्थे । उनको लुक्स नै फिल्म चल्ने आधार मानिन्थ्यो । अभिनयमा पनि अब्बल भएकाले उनले एक दशक करिअर फर्केर हेर्नु परेन । तर, समय सधैं एकनाश रहँदैन । एकै खालका फिल्म र अभिनयमा विविधता पस्कन नसक्दा उनको स्टारडम कमजोर बनेको छ । 

Results : 7459 - 7464 of 23772
Most Visited News (monthly)