Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(7 votes, avg 4.00/5.00)
Text size:-
+
-

निशासँग निर्देशक पोखरेलको विवाह

फिल्मीखबर, काठमाण्डौ, 2020/11/20

फिल्म निर्देशक तथा सञ्चारकर्मी सुरेश दर्पण पोखरेल बैबाहिक बन्धनमा बाँधिएका छन्। उनले बिराटनगर निवासी निशा कार्कीसँग मंसिर ५ गतेका दिन विवाह गरेका हुन्।

 

 

 

देशमा कोरोनाले आक्रान्त पारिरहेको बेला सिमित आफन्त र केही निकट साथीभाईलाई साक्षी राखी बिराटनगर पुगेर निर्देशक पोखरेलले निशाको सिउँदो भरेका हुन्। उनको विवाहमा फिल्म क्षेत्रबाट अभिनेता दिलिप रायमाझीको उपस्थिती थियो। पेशाले नर्श रहेकी निशासँग दर्पणको बिगत १ बर्षदेखि प्रेम सम्बन्ध रहँदै आएको थियो।

 

 

 

बिगत केहि बर्षदेखि अमेरिकामा बस्दै आएका निर्देशक पोखरेलले 'निशाना', 'भूल भए माफ गर', 'कस्लाई दिऊँ यो जोवन', 'मिस यू', र 'थ्री लभर्स' फिल्म निर्देशन गरेका छन्।

Most Visited News (monthly)