Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

वेब सिरिजतर्फ ‘मंगलम’ निर्देशक नेपाल

फिल्मीखबर, काठमाण्डौ, 2020/12/16
कोरोना भाइरस (कोभिड १९) का कारण फिल्म क्षेत्र ठप्प झैँ छ । विगत १० महिनादेखि देशभरका सिनेमा हल बन्द छन् । दशैंदेखि केही फिल्मको छायांकन सुरु भएपनि प्रायः निर्माता-निर्देशक स्थिति सामान्य नहुँदासम्म नयाँ फिल्म निर्माण गर्ने तयारीमा देखिएका छैनन् । कोरोनाको समयमा फिल्म निर्माण ठप्प हुँदा नेपाली फिल्ममेकरहरु वेब सिरिजतर्फ आकर्षित भएका छन् । 
 
 
‘भाग् सानी भाग्, महशुस, लज्जा, मंगलम, मारुनी’ जस्ता फिल्मका निर्देशक नवल नेपाल पनि वेब सिरिज निर्देशनतर्फ लागेका छन् । लकडाउनअघि उनी नयाँ फिल्मको तयारीमा थिए । तर, कोरोनाका कारण फिल्म क्षेत्र बन्द भएपछि उनले फिल्मको काम रोके । लकडाउनको समयमा वेब सिरिजको स्क्रिप्ट तयार पारेका उनले दशैंअघि वेब सिरिज ‘दिल चुप छ’ को निर्देशन गरेका छन् ।
 
१६ भागको सिरिजको ७ भाग छायांकन सकिएको छ भने बाँकी ९ भागको छायांकन केही दिनमा सुरु हुने उनले बताए । यो सिरिजको छायांकनको काम सकिएपछि उनी फिल्मको तयारीमा जुट्नेछन् । उनले आफ्नो लाइपलाइनमा दुई फिल्म रहेको बताउँदै भने- ‘परिस्थिति असामान्य बनेका कारण फिल्ममा आँट नगरेको हुँ । स्थिति सामान्य भएपछि फिल्मको काम सुरु हुन्छ ।’
 
उनी फिल्म र सिरिज आफ्नो लागि फरक नभएको बताउँछन् । फिल्म, सिरिज वा टेलिसिरियललाई आफूले एउटै रुपमा हेर्ने गरेको उनले बताए । ‘यी सबै हाम्रा लागि फिल्म नै हुँ । मात्र के फरक छ भने फिल्ममा २ घण्टाको अवधिमा हामी बाँधिएका हुन्छौं । सिरिजमा अलिकति खुकुलो हुन्छ । सिरिजमा जुन खुकुलोपना हुन्छ त्यसलाई मैले फाइदाको रुपमा हेरेको छु,’ उनले भने ।
 
कोरोनाका कारण फिल्म निर्माण र सिनेमा हल बन्द भएको अवस्थामा एउटा निर्देशकले सिरिज घर-घरमा पुर्‍याउनुलाई उनी सकारात्मक रुपमा लिन्छन् । फिल्म हेर्न हलमा जान नसकेको तिर्खा मेटाउन सिरिजको सहारा लिएको उनले बताए । पारिवारिक प्रेमकथामा आधारित ‘दिल चुप छ’ मा महेश खड्का, रिस्ता अधिकारी, सरोज खनाल, सूर्यमाला खनाल लगायतको अभिनय छ ।
 
यस्तो छ ‘दिल चुप छ’ को टिजर :- 
 

Most Visited News (monthly)