Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

अमेरिकामा खुलेको सुहानाको सुन्दरता

फिल्मीखबर, काठमाण्डौ, 2020/12/31
 
अभिनेत्री तथा निर्देशक झरना थापाकी छोरी सुहाना थापाले पहिलो फिल्मबाटै आफूलाई युवापुस्ताको ठूलो समुहमा चिनाएकी छन् । फिल्म ‘ए मेरो हजुर ३’ बाट अभिनय करिअर सुरु गरेकी उनको यो फिल्ममा अभिनय, डाइलग डेलिभरी, एक्सप्रेसन, नृत्य र सुन्दरताको निकै प्रशंसा भएको थियो । आफ्नो शरीरमा ‘फिल्मी ब्लड’ रहेको उनले पहिलो फिल्मबाटै प्रमाणित गरेकी थिइन् । 
 
‘ए मेरो हजुर ३’ बक्सअफिसमा सुपरहिट सावित गरेपछि उनलाई बाहिरी ब्यानरबाट फिल्म प्रस्तावको ओइरो लागेको छ । तर, उनका पिता (सुनिल कुमार थापा) ले अध्ययनको कारण देखाउँदै छोरीलाई बाहिरी ब्यानरको फिल्म गर्न दिएका छैनन् । केही समय अगाडि अभिनेता आर्यन सिग्देलको मुख्य भूमिका रहने फिल्म ‘डिसेम्बर फल्स’ पनि सुहानालाई अफर गरिएको थियो ।
 
फिल्ममा प्रवेश गर्नुभन्दा अगाडि सुहाना अमेरिकामा अध्ययन गरिरहेकी थिइन् । उनको अध्ययन अझै पूरा भएको छैन । यही शिलशिलामा उनी गएको हप्ता माता र पितासँग अमेरिका उडेकी थिइन् । त्यहाँ उनीहरुको बसाई एक महिनाको हुने जानकारी प्राप्त छ । फिल्म ‘ए मेरो हजुर ४’ को छायांकन २ महिनाका लागि स्थगन गरेर थापा परिवार अमेरिका प्रस्थान गएका हुन् ।
 
यसबीच, झरना थापाले छोरीको अमेरिका घुमघामका तस्विरहरु सामाजिक सञ्जालमा शेयर गरेकी छन् । तस्विरमा सुहानाको सुन्दरता निकै खुलेको छ । दोस्रो पटक ‘ए मेरो हजुर ४’ मा अभिनेता अनमोल केसीसँग रोमान्स गरेकी उनले फिल्ममा कलेज लाइफमा मापसे र गुण्डागर्दी गर्ने विद्यार्थीको भूमिका निभाएको बुझिएको छ । फिल्ममा सलोन बस्नेत पनि मुख्य भूमिकामा छन् ।
 

Most Visited News (monthly)