Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

शाहरुखको भाई बन्न ऋतिकले गरेका थिए अस्वीकार

एजेन्सी, मुम्बई, 2020/12/31
 
सुपरहिट फिल्म ‘कभी खुशी कभी गम’ मा शाहरुख खान र ऋतिक रोशनलाई दाजु-भाईको भूमिकामा निकै रुचाइएको थियो । फिल्ममा उनीहरुको दाजु-भाईको सम्बन्धभन्दा प्रेम देखाइएको थियो । तर, धेरै कमलाई थाहा हुनसक्छ कि अर्को एक फिल्मबाट पनि ऋतिकलाई शाहरुखको भाईको भूमिका अफर भएको थियो । तर, उनले यसमा काम गर्न अस्वीकार गरेका थिए । 
 
‘कभी खुशी कभी गम’ को तीन वर्षपछि प्रदर्शन भएको फिल्म ‘मैं हूं ना’ मा निर्देशक फराह खानले शाहरुखको भाईको भूमिका पहिला ऋतिकलाई अफर गरेका थिए । तर, उनले यो प्रस्ताव अस्वीकार गरे । यसपछि यो भूमिकामा जायद खानलाई अनुबन्ध गरिएको थियो । त्यो समयमा ऋतिकले सोलो फिल्म गर्न ध्यान दिएका कारण मल्टीस्टारर फिल्म गर्न अस्वीकार गर्ने गरेका थिए ।
 
पिताकै आग्रहमा मल्टीस्टारर फिल्ममा काम गर्न छाडेका ऋतिकले लिड रोलमा अभिनय पहिलो पहिलो फिल्म ‘कहो ना प्यार है’ हो । यो फिल्मको सफलतापछि उनले करिअर पछाडि फर्केर हेर्नुपरेन । आर्ट र कमर्शियल दुवै खाले फिल्ममा काम गर्दै आएका उनी अभिनय र नृत्यमा पोख्त मानिन्छन् । पछिल्लो पटक फिल्म ‘वार’ मा देखिएका उनी अहिले ‘कृष ४’ को तयारीमा छन् । 
Most Visited News (monthly)