Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

सात वर्षपछि जया बच्चनको फिल्ममा कमब्याक

एजेन्सी, मुम्बई, 2021/02/18
 
अभिनेता अमिताभ बच्चनकी श्रीमती तथा बलिउड अभिनेत्री जया बच्चन सिल्भर स्क्रिनमा नदेखिएको वर्षौं भइसकेको छ । पछिल्लो समय राजनीतिमा बढी सक्रिय रहेकी उनले अब सात वर्षपछि अभिनयमा फर्किने निर्णय गरेकी छन् । उनले बलिउड फिल्ममा भने काम गर्न लागेकी होइनन् । पहिलो पटक मराठी फिल्ममा उनले आफ्नो अभिनय कला प्रस्तुत गर्न लागेकी हुन् ।
 
नाम गोप्य राखिएको फिल्मलाई मराठी निर्देशक गजेन्द्र अहिरेले निर्देशन गर्नेछन् । उनले ‘शेवरी, अनुमति र द साइलेन्स बीइंग क्रिटिकल’ जस्ता ५० भन्दा बढी फिल्मको निर्देशन गरिसकेका छन् । अब उनको फिल्ममा जया बच्चन देखिन भएकी हुन् । यो फिल्मको छायांकन २० दिनमा पूरा हुने बताइएको छ । पहिलो पटक मराठी फिल्ममा अभिनय गर्न जया उत्साहित देखिएकी छन् ।
 
अमिताभ बच्चनसँग विवाहपछि जया बच्चनले थोरै मात्र फिल्ममा काम गरेकी छन् । विवाहपछि उनी ‘सिलसिला, कभी खुशी कभी गम, लागा चुनरी में दाग र कल हो न हो’ फिल्ममा देखिएकी थिइन् । पछिल्लो पटक उनले २०१३ मा बाइलिंगुअल फिल्म ‘सनग्लास’ मा नसीरुद्दीन शाहसँग काम गरेकी थिइन् । अब सात वर्षपछि उनी मराठी फिल्मबाट अभिनयमा कमब्याक गर्दैछिन् ।
Most Visited News (monthly)