Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

गोविन्दाकी छोरी भन्छिन्, ‘म नेपोटिज्मको प्रोडक्ट होइन’

एजेन्सी, मुम्बई, 2021/02/19
 
अभिनेता सुशांत सिंह राजपूतको निधनपछि बलिउडमा नेपोटिज्मको प्रश्न सबैभन्दा बढी उठ्ने गरेको छ । नेपोटिज्मका कारण प्रतिभावान कलाकारहरु पछाडि परेको बहस भइरहेको बेला चर्चित अभिनेता गोविन्दाकी छोरी टीना आहूजाले आफूले पिताबाट कुनै प्रकारको प्रोफेसनल मद्दत नलिएको बताएकी छन् । आफ्नो योग्यताको आधारमा फिल्म मिलिरहेको उनको भनाई छ ।
 
आफूलाई नेपो-किड भन्न नमिल्ने बताउँदै उनले एक अन्तर्वार्तामा भनेकी छन्, ‘पिताले कहिल्यै मेरो लागि फिल्म अफर गर्न कसैलाई सिफारिस गर्नुभएन । मैले पनि उहाँलाई रेफरेन्स लगाउन भनिनँ । तर, जुन दिन मलाई कुनै चिजको आवश्यकता पर्छ, त्यो दिन उहाँ मेरो साथमा उभिनु हुनेछ । म नेपोटिज्मको प्रोडक्ट हुन्थेँ भने अहिलेसम्म ३०/४० वटा फिल्म गरिसकेको हुन्थेँ ।’ 
 
टीनाले २०१५ मा फिल्म ‘सेकेन्ड ह्यान्ड हस्बेन्ड’ बाट बलिउडमा डेब्यू गरेकी थिइन् । यसमा उनको अपोजिटमा गिप्पी ग्रेवाल थिए । तर, फिल्म बक्सअफिसमा नराम्रोसँग पिटियो । फिल्ममा टीनाले अभिनय पनि खासै देखाउन सकेकी थिइनन् । यसपछि उनले केही फिल्ममा काम गरिन् तर ती पनि चलेनन् । उनले आफ्नो लागि एउटा फिल्म निर्माण गर्न पिता इच्छुक रहेको बताएकी छन् ।
Most Visited News (monthly)