Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 5.00/5.00)
Text size:-
+
-

‘कबड्डी’ को अब फाइनल म्याच, दयाहाङदेखि सौगातसम्म दोहोरिने !

फिल्मीखबर, काठमाण्डौ, 2021/02/26
 
रामबाबु गुरुङ निर्देशित तथा निर्मित सुपरहिट फिल्म ‘कबड्डी’ को चौथौ सिक्वेल पनि निर्माण हुने भएको छ । गत वर्ष प्रदर्शनमा आएको ‘कबड्डी कबड्डी कबड्डी’ को सफलतापछि निर्माण टिम चौथो पार्टको तयारीमा जुटेको हो । शुक्रवार निर्देशक गुरुङले सामाजिक सञ्जाल फेसबुकमा फिल्मको एक थिम पोस्टर सार्वजनिक गर्दै ‘कबड्डी ४’ को औपचारिक निर्माण घोषणा गरेका हुन् ।
 
पोस्टरमा फिल्मको उप शिर्षक ‘द फाइनल म्याच’ राखिएको छ । निर्देशक गुरुङका अनुसार, अब ‘कबड्डी’ को कथालाई विट मारिनेछ । अर्थात्, फिल्मका तीन सिरिजमा मैयाँ पात्रका लागि पुरुष पात्रहरुको जुन दौडधुप थियो अब त्यसलाई टुंग्याइनेछ । कथासँगै फिल्मको नामले पनि विश्राम पाउँछ ? भन्ने प्रश्नमा रामबाबुले ‘कबड्डी’ अब सिरिजको रुपमा आउनसक्ने संकेत गरे । 
 
उनले भने- ‘फिल्मको च्याप्टर चाहिँ अब क्लोज गर्नेछौं । नाम के हुन्छ अहिले नै भन्न सक्दिनँ ।’ ‘कबड्डी’ को तीन सिक्वेलमा प्रेमका लागि संघर्ष गर्ने प्रमुख पात्रहरु ‘फाइनल म्याच’ (कबड्डी ४) मा दोहोरिने उनले जानकारी दिए । तर, कलाकारको टुंगो नलागिसकेको बताउँदै निर्देशक गुरुङले थपे- ‘फिल्मको कथामा जोडिएका जति पनि प्रमुख पात्रहरु छन्, ती सबै दोहोरिनेछन् ।’ 
 
‘कबड्डी’ को पहिलो पार्टमा दयाहाङ राई, निश्चल बस्नेत र रेश्मा गुरुङ मुख्य भूमिकामा थिए । दोस्रो पार्टमा निश्चलको ठाउँमा सौगात मल्लको प्रवेश भयो । तेस्रो पार्टमा भने विल्सन विक्रम राई, कर्मा र उपासना सिंह ठकुरी जोडिए । अब ‘कबड्डी ४’ मा दयाहाङ, सौगात र निश्चल एकसाथ देखिनेछन् । बैशाखबाट छायांकनमा जाने फिल्म २०७८ को दशैं छेकोमा प्रदर्शन हुनेछ ।
Most Visited News (monthly)