Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘लप्पन छप्पन २’ को एक्सन प्याक्ड ट्रेलर रिलिज (भिडियो)

फिल्मीखबर, काठमाण्डौ, 2021/03/11
 
मल्टीस्टारर फिल्म ‘लप्पन छप्पन २’ को एक्सनले भरिएको ट्रेलर सार्वजनिक भएको छ । बिहीवार महाशिवरात्रीको अवसर पारेर राजधानीमा एक कार्यक्रमका बीच सार्वजनिक गरिएको ट्रेलरमा पेरिसबाट नेपाल आएको तीन सय मिलियन डलर हत्याउन फिल्मका प्रमुख पात्रहरुले गरेको षड्यन्त्र र संघर्ष देखाइएको छ । प्रोडक्सन भ्यालु निकै उच्च ट्रेलर स्टाइलिस र स्टान्डर्ड छ । 
 
सौगात मल्ल, शिव श्रेष्ठ, अर्पण थापा, अनुपविक्रम शाहीको वरिपरी फिल्मको मुल कथा घुमेको ट्रेलरले प्रस्ट्याउँछ । सौगात, अर्पण र अनुप भिन्न गेटअपमा देखिएका छन् । अष्ट्रेलिया र नेपालमा छायांकन भएको फिल्ममा शक्ति श्रेष्ठ, प्रकाश कुँवर, स्व. दीपक क्षेत्री, सरिता गिरी, एञ्जल श्रेष्ठ, अनिल खनाल, राजेन्द्र विष्ट, केरोलिन कोलिन्डा लगायतका कलाकारको पनि अभिनय रहेको छ ।
 
गोल्डेन हिल्स पिक्चर्स, रोयल कुँवर इन्टरटेनमेन्ट, इपी एजुकेशन अस्ट्रेलिया, उमी ग्रुप युरोप र म्याक मिडियाको ब्यानरमा निर्माण भएको फिल्मको कार्यकारी निर्मातामा सुरज अधिकारी र प्रजापति सिवाकोटी छन् । चिजकुमार श्रेष्ठ, प्रकाश कुँवर, निर्मल कुमार मिश्र र सन्तोष चन्द्र भक्रेल निर्माता रहेको फिल्मलाई पुरुषोत्तम प्रधानले खिचेका हुन् । फिल्ममा मिलन श्रेष्ठको सम्पादन छ ।
 
आउँदो चैत २७ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्मका प्रस्तुतकर्ता खिलेन्द्रराज तिमसिना र निर्देशक मुकुद भट्ट हुन् । फिल्मको पटकथा तथा संवादलाई निर्देशक भट्टलाई सुनिल नेउरेले सघाएका छन् । ट्रेलर सार्वजनिक कार्यक्रममा बोल्दै सौगात मल्लले फिल्म स्तरीय र उत्कृष्ट बनेको दाबी गरे । त्यस्तै, अनुपविक्रम शाहीले यस प्रकारको फिल्ममा नेपालमा बन्नु पर्ने बताए ।
 
ट्रेलर हेर्नुहोस् :-
 

Most Visited News (monthly)