Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

सिनेमा हल बन्द गर्न सीसीएमसीलाई सिफारिस

फिल्मीखबर, काठमाडौं, 2021/04/09
 
छिमेकी मुलुक भारतमा कोरोना संक्रमण भयावह रुपमा फैलिएको छ । दैनिक ६० हजारभन्दा बढी संक्रमित हुन थालेपछि नेपालमा पनि उच्च सतर्कता अपनाइएको छ । सरकारले केही दिन अगाडि भिडभाड हुने कार्यक्रम नगर्न आग्रह गरेको थियो । शुक्रवार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले २५ जनाभन्दा बढी भेला हुन रोक लगाउन सीसीएमसीलाई सिफारिस गरेको छ । 
 
स्वास्थ्य मन्त्रालयले सिनेमा हल, शिक्षण संस्था, पार्टी प्यालेस लगायतका क्षेत्र पनि बन्द गर्न सिफारिस गरेको छ । यसबारे कोभिड–१९ संकट व्यवस्थापन सेन्टर (सीसीएमसी) को शुक्रवार बस्ने बैठकले निर्णय गर्न सक्नेछ । मानिसहरुको भीडभाड हुने ठाउँ भएकाले सिनेमा हल बन्द गर्न स्वास्थ्य मन्त्रालयले गरेको सिफारिसलाई सीसीएमसीले कार्यान्वयन गर्ने प्रवल सम्भावना छ ।
 
कोरोनाको संक्रमण फैलिन नदिन सरकारले गत वर्ष लकडाउन गर्नुभन्दा अगावै सिनेमा हल सञ्चालनमा रोक लगाएको थियो । यसपछि ९ महिना बन्द भएका सिनेमा हल पुष १० गतेबाट खुले । तर, महिनौंदेखि सिनेमा हलहरु दर्शकविहीन भएर बसेका छन् । फेरि विना विकल्प सरकारले सिनेमा हल बन्द गर्ने तयारी गरेपछि फिल्म क्षेत्रमा संकट उत्पन्न हुने खतरा सिर्जना भएको छ ।
Most Visited News (monthly)