Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 4.00/5.00)
Text size:-
+
-

सम्राटको ‘लाल मोहन जी’ मा विपिन

फिल्मीखबर, काठमाडौं, 2021/04/09
 
सम्राट बस्नेतको निर्देशनमा फिल्म ‘लाल मोहन जी’ निर्माण हुने भएको छ । जेठको पहिलो साताबाट छायांकन सुरु हुने फिल्ममा अभिनेता विपिन कार्की मुख्य भूमिकामा अनुबन्धित भएका छन् । सस्पेन्स-कमेडी फिल्ममा अर्पण थापा, कर्मा शाक्य, रोहित रुम्बा, रविन्द्र झा, सुस्मा कार्की, सुभाष मेचे, कालु राना, सुगन तण्डुकार र बाल कलाकार सुशान्त मेचेको पनि अभिनय रहनेछ । 
 
आर. रोसफी फिल्मस्को ब्यानरमा बन्न लागेको फिल्मका प्रस्तुतकर्ता तथा निर्माता सुगन तण्डुकार हुन् । फिल्मका लागि एक हिरोइन चयन हुन बाँकी छ । प्रवेश पौडेलको कथामा पटकथा तथा संवाद आकाश बरालले तयार पारेका छन् । फिल्ममा सन्तोष राजको संगीत, निरज कडेलको छायांकन, राजु तामाङको द्वन्द्व, कबिराज गहतराजको नृत्य र अर्जुन जिसीको सम्पादन रहनेछ ।
 
नेपालको झापाको भद्रपुर, भारत, क्यानडा र अष्ट्रेलियामा फिल्मको छायांकन हुने निर्देशक बस्नेतले बताए । ‘लाल मोहन जी’ को कथा राम्रो रहेको उनको दाबी छ । ‘फिल्मको कथाका लागि हामीले दुई बर्ष होमवर्क गरेका छौं । यसको कथा अहिलेसम्मकै उत्कृष्ट हो भन्ने मलाई लाग्छ,’ बस्नेतले भने । फिल्मलाई आउँदो वर्षको तिहार छेकोमा रिलिज गर्ने योजनामा निर्माण टिम छ । 
Most Visited News (monthly)