Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

`स्थिति ठिक नभए ‘राधे’ अर्को इदमा` : सलमान खान

एजेन्सी, मुम्बई, 2021/04/08
 
भारतमा कोरोना संक्रमण बढेसँगै बलिउड फिल्मको रिलिज सरेको सर्यै छ । अभिनेता सलमान खान अभिनीत फिल्म ‘राधे : योर मोस्ट वान्टेड भाई’ को रिलिज पनि पोस्टपोन्ड हुने सम्भावना बढ्दै गएको छ । यो फिल्मको प्रदर्शन मिति १३ मे (इद) लाई घोषणा गरिएको छ । सलमानले सावधानी अपनाउँदा अपनाउँदै पनि संक्रमण बढ्दै गए फिल्मको रिलिज सर्न सक्ने बताएका छन् ।
 
उनले एक अन्तर्वार्तामा भनेका छन्, ‘हामी यस वर्षको इदमै फिल्म रिलिज गर्न चाहन्छौं र यसका लागि कोशिश पनि गरिरहेका छौं । तर, लकडाउन जारी रह्यो भने अर्को इदसम्मका लागि पोस्टपोन्ड गर्नुपर्ने हुनसक्छ । स्वास्थ्य सुरक्षाका विधा अपनाए भाइरस चाँडै सकिनेछ ।’ कोरोनाको दोस्रो लहर सकिएको खण्डमा मात्र यस वर्षको इदमा फिल्म रिलिज हुने उनले बताएका छन् ।
 
उनले अगाडि भनेका छन्, ‘हामीले गत वर्षको इदमा नै फिल्म ल्याउने घोषणा गरेका थियौं । तर, कोरोनाका कारण स्थगन गर्नुपर्‍यो । फेरि हामीले यसपालीको इदका लागि कमिटमेन्ट गर्‍यौं । विश्वास गरौं, फिल्म चाँडै रिलिज हुनेछ । फिल्म राम्रो बनेको छ, त्यसैले राम्रो चल्छ ।’ प्रभु देवा निर्देशित फिल्ममा ज्याकी श्राफ, दिशा पाटनी र रणदीप हुड्डाको पनि मुख्य भूमिका रहेको छ ।
Most Visited News (monthly)