Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘श्री’ र ‘गुड फ्रेन्ड’ ले हलमा तान्ला दर्शक ?

फिल्मीखबर, काठमाडौं, 2021/04/09
 
कोरोनाका कारण ९ महिना बन्द भएर पुष १० गतेबाट खुलेका सिनेमा हलहरु दर्शकविहीन भएर बसेका छन् । सरकारले हल खोल्न अनुमति दिएपछि नेपाली फिल्म ‘एउटा यस्तो प्रेम कहानी’ र ‘गोर्खे’ रिलिज भए । तर, दुवैले हलमा दर्शक तान्न सकेनन् । धेरैको आश चैत २७ (आज) लाई रिलिज घोषणा गरेका तीन फिल्म ‘लप्पन छप्पन २’, ‘कृष्ण लीला’ र ‘मनसँग मन’ माथि थियो । 
 
तर, कोरोनाको दोस्रो लहर सुरु भएपछि तीनै फिल्मले रिलिज स्थगन गरे । चैत २७ का लागि चर्चामा रहेका फिल्मले रिलिजको आँट नगर्दा शुक्रवारबाट दुई फिल्म ‘श्री’ र ‘गुड फ्रेन्ड’ ले देशव्यापी प्रदर्शन सुरु गरेका छन् । यी दुवै फिल्म सानो बजेटमा निर्माण भएका हुन् । विना प्रचार-प्रसार प्रदर्शनमा उत्रिएका दुई फिल्मले केही हदसम्म सिनेमा हलमा दर्शक तान्ने अपेक्षा गरिएको छ । 
 
एभरेष्ट सूर्य बोहोराको निर्देशन रहेको ‘श्री’ मा सन्दिप क्षेत्री, रविन्द्र झा, वर्षा सिवाकोटी, बुद्धि तामाङ, राजाराम पौडेल, बसुन्धरा भुसाल, भोलाराज सापकोटा, मोहनकृष्ण श्रेष्ठ, सविता गुरुङ लगायतको अभिनय छ । शेरबहादुर तामाङको छायांकन रहेको फिल्म ओटीटी प्लेटफर्म ‘मोमो : म्यूजिक एन्ड मुभि, भिडियो पसल र सिनेमा घर ५५५’ मा पनि शुक्रवारबाट रिलिज भएको छ ।
 
त्यस्तै, राजबहादुर साने निर्देशित ‘गुड फ्रेन्ड’ मा मुकेश ढकाल, सबिना कार्की, राज सिंह, दीपक बिक्रम शाही, एलवी कटुवाल, राजन महर्जन, बसन्त बर्मा, पूजा महर्जन, धिरज खत्री, भूमिका सापकोटा लगायतको अभिनय रहेको छ । बसन्त बर्माको प्रस्तुति रहेको फिल्मको निर्मातामा बसन्त बर्मा, राज सिंह र पम्फा बर्मा छन् । फिल्मले साथी-साथीबीचको प्रेम बोल्ने बताइएको छ ।
Most Visited News (monthly)