Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘दोख’ को गीत रिलिज, तर फिल्म रिलिज अन्योल

फिल्मीखबर, काठमाण्डौ, 2021/04/25
 
अनुप बराल निर्देशित फिल्म ‘दोख’ को पहिलो गीत सार्वजनिक भएको छ । २०७२ सालमा गएको विनाशकारी भूकम्प बैशाख १२ गतेको दिन पारेर निर्माण टिमले आइतवार फिल्ममा समावेश ‘रातैले बुन्छ’ बोलको गीत सार्वजनिक गरेको हो । यो फिल्मको छायांकन भइरहेको समयमा भूकम्प गएको थियो । यही कारण गीत पनि भूकम्प गएको दिन पारेर सार्वजनिक गरिएको हो । 
 
गीतमा झुमा लिम्बुको स्वर, श्रवन मुकारु मुकाङको शब्द रचना र पुष्पासंगमको संगीत रहेको छ । श्रव्य र दृश्य दुवै उत्कृष्ट रहेको गीत विम्बात्मक पनि छ । फिल्मले द्वन्द्वकालको कथा भन्ने गीतले प्रस्ट्याउँछ । ६ वर्ष अगाडि निर्माण भएको ‘दोख’ को प्रदर्शन मिति भने घोषणा गरिएको छैन । स्थिति सामान्य भएर सिनेमा हल खुलेपछि फिल्म प्रदर्शन गर्ने निर्देशक बरालले बताएका छन् ।
 
भोजपुरको सुन्तले र बाघखोर वरपर खिचिएको फिल्ममा दिया मास्के, मनीष निरौला, लोकमणि सापकोटा, माओत्से गुरुङ, रोय दीप, सुरज मल्ल, देव न्यौपाने, अनोज पाण्डे, सजन थापा, कमल देवकोटा, किरण चाम्लिङ, केशव राई, दिवज राईलगायत कलाकारको मुख्य अभिनय रहेको छ । शैलेन्द्र डी कार्कीले छायांकन गरेको फिल्ममा राजन कठैतको कथा तथा पटकथा छ ।
 
द्वन्द्वकालमा नेपालका विभिन्न भूभागमा घटेका घटनाको संयोजनबाट बुनिएको फिक्सनल स्टोरी फिल्ममा भएको निर्देशक बरालको भनाई छ । गाउँमा हुने फुटबल खेलसँग जोडिएर पावर, पोलिटिक्स र रिभेन्जको अनौठो तानाबुना फिल्ममा बुनिएको उनले बताए । फिल्मलाई गत वर्ष प्रदर्शन गर्न खोजिए पनि कोरोना महामारीका कारण सम्भव नभएको उनले फेसबुकमार्फत् बताएका छन् ।
 
गीत हेर्नुहोस् :-
 

Most Visited News (monthly)