Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

भोजपुरी फिल्ममा ‘गीत’ बनिन् शिल्पा (ट्रेलर)

फिल्मीखबर, काठमाडौं, 2021/05/12
 
नेपाली अभिनेत्री शिल्पा पोखरेल अभिनीत नयाँ भोजपुरी फिल्म ‘प्रेमगीत २’ को ट्रेलर सार्वजनिक भएको छ । मंगलवार सार्वजनिक भएको ट्रेलरमा शिल्पाले पर्याप्त स्क्रिन स्पेश पाएकी छन् । फिल्ममा उनको जोडी भोजपुरी स्टार प्रदीप पान्डेसँग बाँधिएको छ । फिल्ममा प्रदीप ‘प्रेम’ र शिल्पा ‘गीत’ को भूमिकामा छन् । उनीहरुको प्रेममा आउने उतार-चढावलाई ट्रेलरमा देखाइएको छ ।
 
नेपालको पोखरा आसपास खिचिएको फिल्मलाई नेपाली मुलका सोनु खत्रीले निर्देशन गरेका हुन् । फिल्ममा प्रदीप र शिल्पाका अलावा अमित शुक्ला, रम्भा सहानी, रोहित सिंह, सिपी भट्ट, रन्जित कुमार शर्मा, रोहित थापा लगायतका कलाकारको पनि अभिनय छ । फिल्मको ट्रेलर हेर्दा नेपाली फिल्म ‘प्रेमगीत’ को झल्को आउँछ । सोनु खत्री स्वयंले फिल्मको निर्माण गरेका हुन् ।
 
रत्नाकर कुमार प्रस्तुतकर्ता रहेको फिल्ममा छायाँकारदेखि कोरियोग्राफरसम्म नेपालकै छन् । हरी घले लामाको छायांकन, बन्दे प्रसादको सम्पादन, श्री श्रेष्ठको द्वन्द्व, ओम झाको संगीत, कविराज गहतराज, शिव विक, रिकी गुप्ता, विवेक थापाको कोरियोग्राफी, समिर मियाँको भिएफएक्स, रेनेश फागोको कलर, उमालाल यादवको शब्द रचना रहेको फिल्मको कथा एवी मोहनको हो ।
 
शिल्पाले यसअघि ‘जय शम्भु’ नामक भोजपुरी फिल्ममा पनि अभिनय गरिसकेकी छन् । यो फिल्ममा पनि उनको जोडी भोजपुरी स्टार प्रदीप पान्डेसँग बाँधिएको थियो । ‘प्रेमगीत २’ को ट्रेलर सार्वजनिक भए पनि प्रदर्शन मिति घोषणा गरिएको छैन । शिल्पा यो फिल्मलाई लिएर निकै उत्साहित छिन् । साथै, आफूलाई भोजपुरी मार्केटमा अभिनेत्रीको रुपमा स्थापित गर्नेमा पनि विश्वस्त छिन् । 
 
ट्रेलर हेर्नुहोस् :-
 

Most Visited News (monthly)