Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

कटरीनासँग रोमान्स गर्दै विजय

एजेन्सी, मुम्बई, 2021/05/10
 
साउथ सुपरस्टार विजय देवरकोन्डा बलिउडमा पनि आफ्नो उपस्थिति बलियो बनाउने दाउमा देखिएका छन् । आइतवारबाट ३२ वर्षमा प्रवेश गरेका उनी बलिउड डेब्यूको तयारीमा छन् । उनको पहिलो बलिउड फिल्म ‘लाइगर’ प्रदर्शनको पखाईमा छ । जसमा उनले बलिउड अभिनेत्री अनन्या पान्डेसँग रोमान्स गरेका छन् । अब उनी कटरीना कैफसँग पनि रोमान्स गर्दै देखिने भएका छन् ।
 
हलिउड हंगामाको रिपोर्ट अनुसार, विजयले हालै दुई नयाँ फिल्म साइन गरेका छन् । जसमध्ये एउटा फिल्ममा उनको जोडी कटरीनासँग बाँधिनेछ । जसलाई ठूलो क्यानभासमा निर्माण गरिने बताइएको छ । विजयले निर्देशक कोर्तला शिवाको निर्देशनमा बन्न लागेको फिल्म साइन गरेका हुन् । फिल्म तेलुगू र हिन्दी दुई भाषामा निर्माण हुनेछ । यसै वर्ष फिल्मको छायांकन सुरु हुनेछ ।
 
कटरीनाले विजयसँगै अर्का साउथ स्टारसँग पनि स्क्रिन शेयर गर्दैछिन् । फिल्म ‘मेरी क्रिसमस’ मा उनले अभिनेता विजय सेतुपतिसँग रोमान्स गर्न लागेको जानकारी प्राप्त छ । उनले यसअघि पनि केही साउथ फिल्ममा काम गरिसकेकी छन् । ‘बूम’ बाट साउथ फिल्ममा डेब्यू गरेकी उनको दोस्रो फिल्म ‘मल्लिस्वरी’ थियो । योसँगै उनले ‘अल्लारी पिद्दुगु’ मा पनि काम गरेकी छन् । 
Most Visited News (monthly)