Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

अनमोलले काम गर्न लागेको ‘माइतीघर २’ का निर्देशकको निधन

फिल्मीखबर, काठमाडौं, 2021/05/14
 
अभिनेता अनमोल केसीले अभिनय गर्न लागेको फिल्म ‘माइतीघर २’ का निर्देशक सुबोध चोपडाको निधन भएको छ । उनको कोरोनाका कारण भारतको एक अस्पतालमा निधन भएको हो । उनी निषेधाज्ञाभन्दा अगाडि फिल्मको तयारीका लागि नेपालमा थिए । पितालाई कोरोना संक्रमण भएपछि गत चैतमा भारत फर्किएका उनको शुक्रवार उपचारको क्रममा निधन भएको हो । 
 
प्राप्त जानकारी अनुसार, निर्देशक चोपडाको पिताको पनि कोरोनाका कारण निधन भइसकेको छ । उनी फिल्मको तयारीका लागि यही बैशाख १६ गते नेपाल आउने तयारीमा थिए । तर, त्यही बेला कोरोना संक्रमण भएपछि उनी अस्पताल भर्ना भएका थिए । ‘माइतीघर २’ को कथा उनी स्वयंले लेखेका हुन् । निर्देशक चोपडाको निधनप्रति अनमोल केसीले गहिरो दुःख व्यक्त गरेका छन् । 
 
उनले लेखेका छन्, ‘मेरो नयाँ प्रोजेक्ट ‘माइतीघर २’ का निर्देशक सुबोध चोपडा सर हामीबीच रहनु भएन । मलाई अझै पनि तपाईंको हँसिलो र प्रतिभाशाली दिमाग याद छ । तपाईं हामीबीच नभए पनि तपाईंको काम सधैं जीवित रहनेछ । तपाईंको सपना वास्तविकतामा बदल्न सुपर काजल फिल्म्स पूरै कोशिश गर्नेछ ।’ चोपडाले फिल्मका लागि दुईवटा गीत रेकर्ड गराइसकेका थिए । 
 
सुबोध सन् १९९७ देखि फिल्ममा सक्रिय थिए । स्क्रिप्ट राइटरको रुपमा करिअर सुरु गरेका उनले ‘मर्डर’, ‘रोग’ ‘तुमसा नहीँ देखा’ लगायत थुप्रै बलिउड फिल्मको स्क्रिप्ट लेखनमा सघाएका छन् । भुवन केसीको निर्माणमा बन्न लागेको फिल्म ‘माइतीघर २’ बाट उनले निर्देशनमा डेब्यू गर्न लागेका थिए । तर, उनको यो सपना अधुरै रह्यो । बुझिए अनुसार, उनकी आमा नेपाली मुलकी हुन् । 
 

 

Most Visited News (monthly)