Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

तेन्जिङ नोर्गेको जीवनीमा बन्ने फिल्मका लागि कलाकारको खोजी

फिल्मीखबर, काठमाडौं, 2021/05/16
 
अमेरिकाका पूर्व राष्ट्रपति बाराक ओबामाले नेटफ्लिक्ससँग सहकार्य गरेर नेपालमा रहेको विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहण गर्ने विश्वकै पहिलो नेपाली तेन्जिङ नोर्गे शेर्पाको जीवनीमा फिल्म निर्माण गर्दैछन् । यसका लागि मुख्य पात्रको खोजी सुरु भएको छ । अष्ट्रेलियाको प्रख्यात कास्टिङ कल कम्पनी डेनीलङले तेन्जिङ नोर्गेको भूमिकाका लागि अडिसन आह्वान गरेको हो ।
 
कम्पनीको बेवसाइटमा अभिनयको अनुभव नहुनेलाई पनि कास्टिङको मौका दिइने उल्लेख छ । २५ देखि ४० वर्ष उमेर समुहका तिब्बत, शेर्पा र नेपालीले अडिसनका लागि आवेदन दिन सक्नेछन् । सुरुवाती चरणमा तेन्जिङको खोजी भइरहेको र केही महिनासम्म अडिसन चल्ने कम्पनीले जनाएको छ । आवेदन दिनेको शारीरिक ढाँचा खेलाडी शैलीको हुनुपर्ने उल्लेख गरिएको छ ।
 
डेनीलङले २०२२ मा फिल्मको छायांकन नेपाल र न्यूजिल्यान्डमा हुने जानकारी दिएको छ । सन् २००३ मा इद डग्लासले लेखेको ‘तेन्जिङ : हिरो अफ एभरेस्ट’ पुस्तकमा आधारित भएर निर्माण हुन लागेको फिल्मलाई जेनिफर पिडमले निर्देशन गर्नेछिन् । तेन्जिङले सगरमाथा चढ्न गरेको संघर्ष, मेहनत र सफलतालाई देखाउने फिल्मको नेपालमा सगरमाथा क्षेत्रमा छायांकन हुनेछ ।
 
तेन्जिङ नोर्गे शेर्पा र न्युजिल्यान्डका आरोही एडमन्ड हिलारीले सन् १९५३ मे २९ मा पहिलो पटक एकसाथ सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेका थिए । सोलुखुम्बुको थामे भन्ने ठाउँमा १९१४ मे २९ मा जन्मिएका तेन्जिङले ३९ वर्षको उमेरमा सगरमाथाको आरोहण गरेका थिए । उनको मृत्यु भने ९ मे १९८६ मा ७२ वर्षको उमेरमा भारतको दार्जिलिङमा भएको थियो । 
 
Most Visited News (monthly)