Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 1.00/5.00)
Text size:-
+
-

मोहनलालका यी हिट फिल्मको बनेका छन् हिन्दी रिमेक

एजेन्सी, मुम्बई, 2021/05/21
 
मलयालम सुपरस्टार मोहनलाल शुक्रवार आफ्नो ६१औं जन्मदिन मनाइरहेका छन् । पद्म श्री र पद्म भूषणबाट सम्मानित उनले पाँच पटक राष्ट्रिय अवार्डसहित सयौं राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अवार्ड प्राप्त गरिसकेका छन् । उनलाई दर्शकले हरेक प्रकारका भूमिकामा रुचाएको पाइन्छ । धेरै कमलाई थाहा छ कि कयौं सुपरहिट बलिउड फिल्म मोहनलाल अभिनीत मलयालम फिल्मको रिमेक हो । 
 
‘भूल भुलैया’
 
कमैलाई थाहा होला कि सन् २००७ मा रिलिज भएको अक्षय कुमार र विद्या बालन अभिनीत फिल्म ‘भूल भुलैया’ सन् १९९३ मा रिलिज भएको मोहनलालको सुपरहिट फिल्म ‘मणिचित्रताजू’ को रिमेक हो । 
 
‘दृश्यम’
 
हिन्दीमा रिलिज भएको अजय देवगन र तब्बू अभिनीत सुपरहिट फिल्म ‘दृश्यम’ पहिला मलयालममा बनेको थियो । जसमा लिड रोलमा मोहनलाल थिए । यो फिल्मको सिक्वेल पनि प्रदर्शन भइसकेको छ । हिन्दीमा पनि मलयालम फिल्म ‘दृश्यम’ को सिक्वेल निर्माण गरिँदैछ ।
 
‘गरम मसाला’
 
अक्षय कुमार र जोन अब्राहम स्टारर सुपरहिट हिन्दी फिल्म ‘गरम मसाला’ पनि मोहनलाल अभिनीत सुपरहिट फिल्म ‘बोइंग बोइंग’ को हिन्दी रिमेक हो । यो फिल्म इसी नामको एक फ्रेन्च नाटकमा आधारित थियो ।
 
‘हंगामा’
 
निर्देशक प्रियदर्शनले मोहनलाल अभिनीत फिल्म ‘पूचक्कोरू मूकुथी’ माथि हिन्दी रिमेक ‘हंगामा’ बनाएका थिए । हिन्दी रिमेकमा अक्षय खन्ना, रिमी सेन, आफदाब शिवदासानी र परेश रावल मुख्य भूमिकामा थिए । फिल्म बक्सअफिसमा हिट भएको थियो । 
 
‘खट्टा मीठा’
 
सन् २०१० मा रिलिज भएको अक्षय कुमार स्टारर सुपरहिट हिन्दी फिल्म ‘खट्टा मीठा’ पनि मोहनलाल अभिनीत सुपरहिट फिल्म ‘वेल्लनाकालुदे नाडु’ को रिमेक हो । यो फिल्मलाई पनि प्रियदर्शनले बनाएका थिए । 
 
‘क्योंकि’
 
प्रियदर्शनले तेस्रो पटक मोहनलालको फिल्म ‘थलवट्टम’ माथि हिन्दी रिमेक ‘क्योंकि’ बनाएका थिए । यो फिल्ममा सलमान खान र करीना कपूर लिड रोलमा थिए । 
Most Visited News (monthly)