Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

कोरोनाले समस्यामा परेका प्राविधिकलाई फिल्मकर्मीको सहयोग

फिल्मीखबर, काठमाडौं, 2021/05/27
 
कोरोना भाइरसको दोस्रो लहर सुरु भएसँगै नेपाली फिल्म क्षेत्र ठप्प छ । फिल्म निर्माण, प्रदर्शन र वितरण सम्बन्धि सबै कार्य रोकिँदा दिनहुँ श्रम गरेर परिवारको गुजरा चलाउने प्राविधिकहरु समस्यामा परेका छन् । चलचित्र प्राविधिक संघका १५ सय सदस्यमध्ये प्रायः प्राविधिकको अवस्था दयनीय रहेको संघले जनाएको छ । कसैको घरमा त चुल्हो समेत बल्न छाडिसकेको छ ।
 
नेपथ्यमा बसेर नेपाली फिल्ममा काम गर्ने प्राविधिकहरु समस्यामा परेको खबर सुनेपछि देश तथा विदेशबाट फिल्मकर्मीहरुले सहयोग गर्न थालेका छन् । केही दिनअघि कलाकार विजय लामा र लामा नोर्बु पासाङ्ले ५० प्राविधिकलाई खाद्यान्न सहयोग गरेका थिए भने बुधवार अभिनेत्री सुमिना घिमिरे र उनका श्रीमानले ४० जना प्राविधिकलाई एक महिनासम्म पुग्ने खाद्यान्न सहयोग गरे ।
 
कलाकार तथा निर्माता निर्मल शर्माले पनि समस्यामा परेका प्राविधिकका लागि लक्ष्मी प्रतिष्ठानको तर्फबाट २५ हजार प्राविधिक संघलाई हस्तान्तरण गरेका छन् । संघले प्राविधिकहरुको सहयोगका लागि स्थापना गरेको ‘कोभिड १९ विपद् व्यवस्थापन कोष’ मा विदेशमा बस्ने फिल्मकर्मीहरुले पनि सहयोग गरेका छन् । अमेरिकामा बस्ने फिल्मकर्मीबाट ठूलो मात्रामा सहयोग जुटेको छ ।
 
अभिनेता त्रय जीवन लुईटेल, राजबल्लभ कोइराला, निरज बरालले ५१-५१ हजार विपद् व्यवस्थापन कोषमा सहयोग गरेको संघका अध्यक्ष पुष्कर लामाले जानकारी दिए । त्यस्तै, कलाकार गणेश उप्रेतीले ५० हजार, अभिनेता मुकेश आचार्यले २१ हजार, निर्माता तेजेन्द्र कँडेल, प्रोडक्सन डिजाइनर कृष्ण कोइराला र कलाकार तथा निर्देशक अगराज केसीले १५-१५ हजार सहयोग गरेका छन् ।
 

Most Visited News (monthly)