Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 1.00/5.00)
Text size:-
+
-

सुमिनालाई फिल्ममा फर्किन श्रीमानको आग्रह

फिल्मीखबर, काठमाडौं, 2021/05/27
 
अभिनेत्री सुमिना घिमिरे कुनै समय लाइमलाइटमा थिइन् । ‘स्क्यान्डल क्विन’ को रुपमा चिनिएकी उनको एकताका फिल्म बजारमा अन्य अभिनेत्रीको भन्दा ठूलो नाम सुनिन्थ्यो । आफ्नो एक दशक लामो फिल्मी करिअरमा कहिल्यै विवादबाट ओझेल नभएकी उनले फिल्म ‘दुलही’ बाट अभिनेत्रीको रुपमा डेब्यू गरेकी थिइन् । उनले केही फिल्ममा बोल्ड भूमिका समेत निर्वाह गरेकी छन् । 
 
तर, करिअर आरोलो लाग्न थालेपछि उनले अभिनय छाडेर घरजम बसाउने निर्णय गरिन् । एक म्यूजिक भिडियोमा सँगै काम गर्ने समयमा मायाप्रेम बसेको रोशन सापकोटासँग उनले २०७१ सालमा लगनगाँठो कसिन् । विवाहपछि उनले घरपरिवारलाई नै सम्पूर्ण समय दिएकी छन् । अहिले एक छोरीकी आमा भइसकेकी उनको अब फिल्ममा कमब्याक होला त ? यो जान्न धेरै इच्छुक छन् ।
 
बुधवार फिल्म प्राविधिकहरुलाई सहयोग गर्ने क्रममा उनले अभिनयप्रति आफ्नो रुची र चासो अझै जीवित रहेको बताएकी छन् । तर, उनले फिल्ममा फर्किने विषयमा मुख खोलिनन् । उनले भनिन्, ‘इच्छा नभएको चाहिँ होइन । मैले फिल्म इन्डस्ट्रीलाई दिनुपर्ने समय दिएको थिएँ । विवाहपछि परिवारलाई समय दिनुपर्छ भन्ने लाग्यो र अहिले घरपरिवारसँग खुसीसाथ समय विताइरहेको छु ।’
 
उनका श्रीमान सापकोटाले भने आफूले सुमिनालाई फिल्म फर्किन बारम्बार आग्रह गर्ने गरेको बताएका छन् । उनी भन्छन्, ‘मैले त उनलाई फिल्ममा काम गर भनिरहेको छु । रुपरंग अझै उस्तै छ, अलि मोटाएकी मात्र छिन् । फिल्ममा फर्किए मेरो पूरा साथ र सहयोग रहनेछ ।’ उनी श्रीमतीले काम गरेको क्षेत्रको आफूलाई पनि औधी माया लाग्ने बताउँछन् । उनी पेशाले विमान चालक हुन् ।
Most Visited News (monthly)