Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 5.00/5.00)
Text size:-
+
-

अभिनेत्री सुरेखा सीकरीको निधन, ‘बधाई हो’ पछि पाउन छाडेकी थिइन् काम

फिल्मीखबर, काठमाडौं, 2021/07/16
 
बलिउड र टिभी जगतकी चर्चित अभिनेत्री सुरेखा सीकरीको निधन भएको छ । मुम्बईमा छोराको साथमा बस्दै आएकी उनको शुक्रवार ७५ वर्षको उमेरमा निधन भएको हो । कार्डियक अरेस्टका कारण उनको निधन भएको भारतीय मिडियाले बताएका छन् । सिरियल ‘बालिका वधू’ मा अभिनय गरेपछि दर्शकको ठूलो वर्गमा चिनिएकी उनले हिन्दी फिल्ममा समेत काम गरेकी छन् ।
 
सुरेखालाई यसअघि २०१८ मा पनि ब्रेन स्ट्रोक भएको थियो । यसपछि उनी प्यारालाइज्ड भएकी थिइन् । जसका कारण उनको रेखदेखका कारण नर्सलाई अप्वाइन्ट गरिएको थियो । अन्तिम पटक फिल्म ‘बधाई हो’ मा देखिएकी उनले यसपछि फिल्म र सिरियलमा काम पाउन छाडेकी थिइन् । उनले आफ्नो उपचारका लागि पैसा अभाव भएको भन्दै निर्मातासँग काम मागेकी थिइन् ।
 
सुरेखाले केही समय अगाडि भनेकी थिइन्, ‘विज्ञापनको अफर मेरो लागि काफी छैन, मलाई धेरै काम गर्नुपर्ने छ किनकि मेडिकल बिलका अलावा मेरो अरु पनि खर्च छ । मानिसहरुले मेरो आर्थिक मद्दत गर्ने कोशिश गरेका छन्, जसका लागि म निकै आभारी छु । तर, मैले कसैबाट कुनै प्रकारको सहयोग लिएको छैन । मलाई काम दिनुहोस् । म सम्मानपूर्वक पैसा आर्जन गर्न चाहन्छु ।’
 
भारतीय थिएटर, फिल्म र टेलिभिजन दुनियाँमा ५० वर्ष विताएकी सुरेखाले सन् १९७८ मा राजनीतिक ड्रामा ‘किस्सा कुर्सी का’ बाट फिल्ममा डेब्यू गरेकी थिइन् । तीन पटक राष्टिय अवार्ड जितेकी उनले हेमन्त रेगे नामका एक व्यक्तिसँग विवाह गरेकी थिइन् । तर, सन् २००९ मा उनका श्रीमानको आर्ट अट्याकका कारण निधन भयो । हेमन्तसँग उनको एक छोरा छन्, राहुल सीकरी ।
Most Visited News (monthly)